Sunday , November 19 2017
Home / PaperPublished / भारतमा विजेपीको शानदार जित, सिंहद्धारा राजिनामा

भारतमा विजेपीको शानदार जित, सिंहद्धारा राजिनामा

भारतको आगामी प्रधानमन्त्रीको म्यान्डेट प्राप्त गरिसकेका भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीलाई शनिबार दिउँसो नयाँ दिल्लीमा भव्य स्वागत गरिएको छ। रतीय जनता पार्टीले प्राप्त गरेको विजयको विजयोत्सवका लागि उनी राजधानी नयाँ दिल्ली गएका हुन्। उनले आगामी सरकार निर्माणमा स्पष्ट बहुमत हासिल गरेकोमा विश्वका नेताहरुले बधाई दिइरहेका छन्। उनलाई भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंहले पनि हिजो नै बधाई दिएका थिए।
उनले नयाँ दिल्लीमा विजय जुलुशमा सहभागिता जनाएपछि आफूले निर्वाचन जितेको अर्काे क्षेत्र बनारसमा पनि पुग्ने कार्यक्रम रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। मतदातालाई धन्यवाद दिनका लागि उनी त्यहाँ जान लागेका हुन्।हिन्दुवादी नेता मोदीले आजै साँझ बनारसको प्रसिद्ध गङ्गा नदीमा सुर्यास्तको समयमा उपासना गर्ने कार्यक्रम छ। बनारस हिन्दु धर्माबलम्बीहरुका लागि सुप्रसिद्ध सहर हो। उता आज भारतभर विजय जुलुशहरु निस्कएका छन्। सुरुमा उनले नेतृत्व गरेको प्रजातान्त्रिक गठबन्धनले आगामी सरकार निर्माणको मताधिकार मात्र पाउने अनुमान गरिएको थियो।तर पछि भने भारतीय जनता पार्टी एक्लैले बहुमत प्राप्त गरेकोले यो परिणामलाई निकै नै उत्साहका साथ हेरिएको छ। त्यसका चर्चा र चासोहरु देशव्यापी रुपमा व्यक्त भएका छन्।get_img
उनी नयाँ दिल्ली पुग्दापनि त्यहाँ हजारौँ कार्यकर्ताले उनको स्वागत गरेका थिए। स्वागतका लागि उपस्थित भएका हजारौँको भीडलाई नियन्त्रण गर्न प्रहरीलाई पनि हम्मे हम्मे परेको थियो। लोकसभाको यस सोह्रौँ आमनिर्वाचनले कुनै एक दल अर्थात भाजपालाई २८२ स्थानको बहुमत दिएको छ। यसअघिको लोकसभामा भारतीय जनता पार्टीको ११६ स्थान मात्र रहेको थियो। यस निर्वाचनले काङ्ग्रेस पार्टीको नेतृत्वमा रहेको संयुक्त प्रगतिशील गठबन्धन (युपीए) लाई ५९ स्थानमा सीमित पारिदिएको छ।
साथै अर्काे एक अप्रत्यासित परिणाम त के छ भने सत्तारुढ कङ्ग्रेस पार्टीलाई यस आमनिर्वाचनले ४४ स्थानमा मात्र सीमित गरिदिएको छ। काँग्रेस पार्टीका केन्द्रीयस्तरका धेरै ठूला नेता पनि निर्वाचन हारेका छन्। तर सो पार्टीका प्रमुख दुई नेताहरु सोनिया गान्धी र राहुल गान्धी भने विजयी भएका छन्। सो दलले हार स्वीकार गरिसकेको छ।

Comment