Saturday , December 16 2017
Home / Entertainment / भारतमा बेचिएका चेलीको कथाः “द कलर्स अफ ब्रेभ”

भारतमा बेचिएका चेलीको कथाः “द कलर्स अफ ब्रेभ”

nepal_newsColour_of_Braveसन १९९६ मा मुम्बई पुलिसले मुम्बईका बेश्यावृत्ति घरहरुमा बिशेष छापा मारेको थियो र ४४७ जनाकेटीहरुलाई बेश्या घरबाट छुटाउन सफल भएको थियो । जसमध्ये १४७ जना नेपाली केटीहरु जो मुम्बईमा लगेर बेचिएका थिए, उनीहरु नेपाल र्फकन चाहन्थे ।

 जुन खबरले नेपाल सरकार र सारा नेपालीलाई स्तब्ध बनाएको थियो । तर, ती बेचिएका केटीहरुले चाहेको नयाँ जिन्दगी त्यति सजिलो भएन । नेपाल सरकार नै ती बेचिएका चेलीहरु लाई नेपाल फर्काउन मौन बस्यो ।

यिनै चेलीहरुमध्येका सुनिता डनुवार र रिनु विकको कथालाई समेटेर ‘कलर्स अफ ब्रेभ’ नामक डकुमेन्ट्रीको निर्माण भएको छ । जसलाई विनोद अधिकारीले निर्देशन गरेका छन् भने अष्ट्रेलियामै बसोबास गर्ने समाजसेवी सुनिता श्रेष्ठले प्रकाश पन्तसँग मिलेर निर्माण गरेकी छन् ।

Comment