Thursday , December 14 2017
Home / Featured News / भारतको चुनावमा भाजपाको अग्रता, आम आदमी पार्टी नयां शक्ति

भारतको चुनावमा भाजपाको अग्रता, आम आदमी पार्टी नयां शक्ति

भारतका चार राज्यहरु दिल्ली, मध्यप्रदेश, राजस्थान र छत्तिसगढ राज्यमा भएको विधानसभा निर्वाचनको प्रारम्भिक परिणामले भारतीय जनता पार्टी (भाजपा)लाई जितको नजिक पुर्‍याएको छ। छत्तिसगढमा कडा प्रतिस्पर्धा रहे पनि भाजपाले नै लीडु गरिरहेको छ।दिल्लीमा दुई कार्यकाल कँग्रेस आईले सत्ता चलाइसकेको छ। तर, यो चुनावमा मुख्यमन्त्री शीला दिक्षितको पार्टी ८ सिटमा खुम्चने संकेत देखिएको छ।

goa-090613-inner2

दिल्लीको ७० सिटमध्ये भाजपाले ३२ सिटमा अग्रता लिएको छ भने गत वर्ष स्थापना भएको आम आदमी पार्टी (आप) दोस्रो स्थानमा रहँदै २९ सिटमा अग्रता लिएको छ।
मध्य प्रदेशको २ सय ३० सिटमध्ये भाजपाले १ सय ५३ सिटमा अग्रता लिएको छ। दोस्रो स्थानमा रहेको कँग्रेसले ६५ क्षेत्रमा मात्र लिड गरिरहेको छ।
राजस्थानमा १ सय ९९ सय सिट मध्ये भाजपाले १ सय ४७ र २८ सिटमा मात्र कँग्रेसले अग्रता लिएको छ। त्यस्तै छत्तिस गढको ९० सिटमध्ये भाजपाले ४८ र कँग्रेसले ४१ सिटमा अग्रता लिएको छ।
प्रारम्भिक परिणाम लगत्तै दिल्ली मुख्य मन्त्री शीला दिक्षितले राजिनामा दिएकी छिन्। कँग्रेसले आफ्नो पकडका क्षेत्र गुमाएकोमात्र छैन भाजपाको बढ्दो प्रभाव रोक्न पनि असफल देखिएको छ।
सन् २०१४ मा भारतमा लोकसभा निर्वाचन हुँदैछ। १० वर्षदेखि सत्ता सम्हालिरहेको कँग्रेस आईको अवस्था कमजोर हुँदै गएको संकेतका रुपमा पनि यी क्षेत्रका निर्वाचन परिणामले देखाएको छ।

के हो आम आदमी पार्टी ?
२६ नोभेम्बर २०१२ मा स्थापित आम आदमी पार्टी भ्रष्टाचारविरोधी अभियानका कारण चर्चामा आएको हो । सत्ता र विपक्षमा रहेका सबै दल उक्त पार्टीको निसानामा छन् ।
सामाजिक कार्यकर्ता अरविन्द केजरीवालले नेतृत्व गरेको उक्त पार्टी लोकपाल आन्दोलनका समर्थकहरूद्वारा संगठित छ । पार्टी स्थापनाको मूलस्रोत २०११ मा ुइन्डिया अगेन्स्ट करप्सनु नामक संगठनद्वारा अन्ना हजारे नेतृत्वमा सुरु भएको आन्दोलन हो । जनलोकपाल ऐनका पक्षमा जनसमर्थन प्राप्त भइरहँदा मूलधारका राजनीतिक दलहरूले गरेको उपेक्षाका कारण नयाँ पार्टी स्थापनाको मार्ग प्रशस्त भयो । हजारे आफ्नो आन्दोलनलाई राजनीतिबाट टाढा राख्न चाहन्थे । तर, केजरीवाल, मनीष सिसोदिया, प्रशान्त भूषण, योगेन्द्र यादवलगायत नेता चुनावमा भाग लिने पक्षमा उभिए । आन्दोलनको लक्ष्य प्राप्त गर्नु उनीहरूको मुख्य उद्देश्य थियो । सत्तारुढ र विपक्षी सबै दलहरूसँग वार्ताबाट जनलोकपाल विधेयक ल्याउने प्रयास असफल भएपछि आफ्नै नेतृत्वमा नयाँ दल खडा गर्ने निष्कर्षमा केजरीवाल पुगे । तर, त्यसमा हजारे र केजरीवालबीच फरक मत देखियो, लक्ष्य एकै भए पनि यी दुई अभियानकर्ताको बाटो अलग भयो । arbinda kejriwal_20131209094918सिसोदिया, भूषण र यादवलगायतले केजरीवाललाई साथ दिए, किरण वेदी, सन्तोष हेगडेलगायतले हजारेलाई । महात्मा गान्धी दिवसका अवसरमा केजरीवालले २ अक्टोबर २०१२ मा नयाँ दल खोल्ने घोषणा गरे र सोही महिनाको २६ तारिखमा औपचारिक रूप दिए । गठनलगत्तै यस दलले विभिन्न प्रतिरोध आन्दोलन चलायो । जसमा सरकार र पुँजीपतिबीचको साँठगाँठबाट बिजुली, पानीलगायतको मूल्यवृद्धि तथा यौन उत्पीडनविरुद्ध सशक्त कानुनको मागलगायत छन् । गत ४ डिसेम्बरमा भएको विधानसभा निर्वाचनमा उक्त पार्टी झाडु ९कुचो० चिन्हका साथ सबै स्थानमा सामेल भएको छ ।

अन्यभन्दा यस दलको संरचना फरक छ । जसको कोही केन्द्रीय कमान्डर छैनन् । परिषद् सदस्य नै कार्यकारिणी छान्छन् । उनीहरूलाई फिर्ता बोलाउने अधिकार पनि परिषद्मै निहित छ । पार्टीका कुनै विधायक वा सांसदले आफ्ना सवारी साधनमा रातो बत्ती या चिन्ह प्रयोग नगर्ने, सुरक्षाकर्मी प्रयोग नगर्ने, आलिसान सरकारी भवनमा नबस्ने र २५ हजारभन्दा बढी भत्ता पनि नलिने घोषणा गरेको छ । यस्तै, अपराध र गुन्डा पृष्ठभूमिका कसैलाई टिकट नदिने, तथा आर्थिक कारोबार पूर्ण पारदर्शी बनाउने घोषणा गरेको छ । एकै परिवारका एकभन्दा बढी सदस्यलाई पनि टिकट नदिने र कार्यकारिणी सदस्य पनि नबनाइने बताएको छ । पार्टी सत्तामा पुगेमा राइट टु रिजेक्टु कानुन बनाउने घोषणा गरेको छ । सत्तामा पुगेको एक महिनामै हजारे नेतृत्वको अभियानले उठाएको जनलोकपाल विधेयक ल्याइने र हरेक राज्यमा लोक आयुक्त कानुन पास गराइने उल्लेख छ । सामान्य पियनदेखि प्रधानमन्त्रीसम्म त्यसको दायरामा आउनेछन् ।
दलित र समाजका सबै वर्गलाई संगठनका हरेक तहमा समेट्ने घोषणा पनि उक्त पार्टीको छ । पार्टीको विचारधारा महात्मा गान्धीद्वारा प्रतिपादित स्वराज हो । अर्थात्, विदेशी दासताबाट मुक्त भए पनि भारत सम्भ्रान्त वर्गको दासतामा प्रवेश गरेको र त्यसबाट आमजनता पीडित रहेको उक्त पार्टीको ठहर छ । कुनै राजनीतिक विचारधारा र वादबाट पार्टी निर्देशित नहुने केजरीवालले बताउँदै आएका छन् । विद्युतीय पेटिकामा मतदाताले राइट टु रिजेक्टु अप्सनमा भोट हाल्न पाउनुपर्ने अभियान सोही दलको हो ।

Comment