Tuesday , December 12 2017
Home / Australia / भवन निर्माण गर्न एन आर एनले सिड्नीमा अर्थ संकलन गर्ने

भवन निर्माण गर्न एन आर एनले सिड्नीमा अर्थ संकलन गर्ने

सिड्नी/गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालमा आफ्नै भवन निर्माणको लागि अस्ट्रेलियाका बिभिन्न सहरहरुमा अर्थ संकलन गर्ने भएको छ । अर्थ संकलन कार्यक्रमको शुरुवात सिड्नीमा गाला डिनर गरेर हुन लागेको हो । आगामी जुलाई ५ शनिबार सांझ ग्रेनभिलमा गाला डिनर गरिन लागेको अर्थ संकलन कार्यक्रम ओसिनिया संयोजक गणेश केसीले सिमापारी डटकमलाई बताए ।

यसका लागि एनआरएनए अस्ट्रेलिया र एनआरएनए आईसीसी र ओसिनिया क्षेत्रिय संयोजन समितिले संयुक्त रुपमा कार्य गरिरहेका छन् । ओसिनिय संयोजक विष्णु हमालका अनुसार अस्ट्रेलियाबाट भवन निमार्णका लागि करिव साढेतिन लाख डलर संकलन गर्ने लक्ष्य लिएको छ । संसार भरि रहेका एनआर एनहरुको आफ्नो भवन बन्ने भएकाले ईच्छा अनुसारको सहयोग गर्ने एनआरएनए अस्ट्रेलिया अध्यक्ष महेन्द्र ओलीले आग्रह गरेका छन् ।

यसैबिच भनव निमार्ण बारे जनाकारी दिन गएको एक साता अघि शनिवार आयोजित कार्यक्रममा प्रवक्ता मन केसीले करिव सात करोड रुपैयाको लागतमा बन्न लागेको भवन चार तल्लाको हुने जानकारी दिईएका थिए । एनआरएन अध्यक्ष शेष घलेले समेत पहिलो प्रथमिकतामा राखेको यो परियोजना आगामि दुई वर्ष भित्र पुरा हुने बताईएको छ ।nrn bulding

Comment