Saturday , December 16 2017
Home / Prawas / ब्लड मनीका लागि रकम हस्तान्तरण:अनिश खालिङ बचाउ अभियान

ब्लड मनीका लागि रकम हस्तान्तरण:अनिश खालिङ बचाउ अभियान

अनिश खालिङ बचाउ अभियान दक्षिण कोरियामा संकलित १ लाख १३ हजार ४ सय रुपियाँ बुधबार एक कार्यक्रमका बीच सभासद् अञ्जना ताम्लीले खालिङका श्रीमती रविता खालिङलाई काठमाडौंमा हस्तान्तरण गर्नुभएको छ।Anish-Khaling-2

धनकुटा जिल्ला घर भई हाल दक्षिण कोरियामा रोजगारी गर्दै आउनुभएका नेपाली दाजुभाइ, दिदीबहिनीको पहलमा दक्षिण कोरियामा उक्त रकम संकलन गरिएको हो। उक्त रकम हस्तान्तरण गर्दै सभासद् ताम्लीले आफूले सदनमा पनि एक नेपाली नागरिकको बचाउका लागि कुरा उठाई आवश्यक पहल गर्ने बताउनुभयो। अनिश खालिङलाई दुई वर्षअगाडि एक पाकिस्तानी नागरिकको हत्या आरोपमा अबुधावीको पुनरावेदन अदालतले मृत्युदण्डको फैसला सुनाएको छ।

नेपाली राजदूतावासको पत्रानुसार उहाँलाई ब्लडमनीबापत नेपाली रुपियाँ करिब ५६ लाख बुझाएमा मृत्युदण्डबाट छुटकारा पाई रिहा हुने भएपछि नेपाललगायत विश्वभरिका नेपाली समुदायले अनिश खालिङ बचाउ अभियान समिति बनाई रकम संकलन गर्न थालिएको हो।
खालिङका श्रीमती रविनाले बताउनुभएअनुसार हालसम्ममा ४० लाख रुपियाँ संकलन भइसकेको छ।

धनकुटा जिल्लाको खोकु गाविस–९ घर भई हाल दक्षिण कोरियामा रोजगारीको सिलसिलामा रहनुभएका प्रदेश राईलगायतको सक्रियतामा उक्त रकम संकलन गरिएको हो। खालिङको श्रीमती र डेढ वर्षीया छोरी रहेकी छिन्। पारिवारिक स्रोतका अनुसार खालिङलाई झूटो आरोप लगाई फसाइएको दाबी गरिएको छ।

पारिवारिक स्रोतका अनुसार पाकिस्तानी नागरिकले एक महिलालाई बलात्कार गर्न प्रयास गर्दा महिलाले प्रतिकार गरेपछि उनी घाइते भएको र स्थानीय अस्पतालमा उनको उपचारका क्रममा मृत्यु भएको जनाइएको छ।

Comment