Saturday , December 16 2017
Home / Featured News / ब्राजिलविरुद्ध गोल वर्षा गर्दै जर्मनी फाइनलमा

ब्राजिलविरुद्ध गोल वर्षा गर्दै जर्मनी फाइनलमा

विश्वकप २०१४ को पहिलो सेमिफाइनलमा आयोजक ब्राजिल विरुद्ध जर्मनीले गोलको वर्षा गर्दै फाइनलमा प्रवेश गरेको छ। सन् २००२ को दक्षिण कोरिया-जापान विश्वकप यता जर्मनी फाइनल पुगेको पहिलो पटक हो । अब जर्मनीले फाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्सबीचको बिहीबार हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्ने छ।विश्वकपकै इतिहासमा लज्जास्पद हार बेहोरेको घरेलु टोली ब्राजिलको विश्वकप चुनौती समाप्त भएको छ। ब्राजिलले जर्मनीविरुद्ध बेहोरेको हार आफ्नो समग्र फुटबल इतिहासकै यो सबैभन्दा ठूलो हार हो। खेलमा जर्मनी ७-१ गोलले विजयी भएको हो । जर्मनीको लागि ११ औं मिनेटमा थोमस मुलरले गोल गर्दै खाता खोलेका थिए। लगत्तै मिरास्लाभ क्लोजले गोल गर्दै विश्वकपको इतिहासमा सबैभन्दा बढी गोल गर्ने खेलाडी बने। उनको नाममा विश्वकपमा गोल संख्या १६ पुगेको छ।germaney

 खेलको २९ औं मिनेटमा केडिराले गोल गर्दै जर्मनीलाई ५-० को स्थितिमा पुर्‍याए। पहिलो हाफको खेलमा ब्राजिल जर्मनीसामू पूर्णत निरिह खेलेको ब्राजिलले दोस्रो हाफको ६९औ मिनेटमा आन्द्रेले गोल गर्दै अग्रता ६-० मा पुर्‍याए। यस्तै खेलको ७९ औ मिनेटमा आन्द्रेले फेरि गोल थप्दै ब्राजिलविरुद्धको गोल संख्या सात पुगेको छ। यस्तै कमजोर फिनिसिङको फाइदा उठाउँदै ब्राजिलले खेलको ९०औ मिनेटमा सान्तवना गोल फर्काएको छ। ब्राजिलका लागि ओस्कारले गोल गरेका हुन्।

स्टार खेलाडी नेयमार र नियमित कप्तान डेभिल सिल्भाबिना मैदान उत्रेको ब्राजिललाई उनीहरुको अभाव महसुस गर्‍यो। पहिलो हाफमा छ मिनेटको अन्तरमा चार गोल खाएको ब्राजिल जर्मनीसँग सर्मनाक हार बेहोर्नेक्रममा पहिलो हाफमै पाँच गोलले पछाडि परिसकेको थियो । अघिल्लो विश्वकपमा ५ गोल गर्दै गोल्डेन बुट जितेका जर्मनीका थोमस मुलरले जारी विश्वकपमा पनि गोलसंख्या ५ बनाएका छन्। उनी कोलम्बियाका जेम्स रोड्रिग्वेजभन्दा १ गोलले पछाडि छन्।

Comment