Thursday , August 16 2018
Home / Featured News / ब्राजिल क्वाटर फाइनलमा, चिली घर फर्कियो

ब्राजिल क्वाटर फाइनलमा, चिली घर फर्कियो

ट्राइब्रेकरमा चिलीलाई ३-२ ले हराउँदै आयोजक ब्राजिल विश्वकप फुटबल २०१४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । यसअघि निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरीमा सकिएको थियो भने थप गरिएको ३० मिनेटमा कुनै गोल हुन सकेन ।

ब्राजिलले खेलको १८ औं मिनेटमा अग्रता लिए पनि त्यसलाई लामो समय टिकाउन सकेन। खेलको १८ औं मिनेटमा प्राप्त कर्नरलाई सदुुपयोग गर्दै ब्राजिलका डिफेन्डर डेभिड लुुइसले गोल गरेका थिए। तर ३२ औं मिनेटमा चिलीका एलेक्सिज सान्चेजले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए।341783_heroa

Comment