Friday , December 15 2017
Home / Prawas / बेलायतमा नेपाली मृत भेटिए

बेलायतमा नेपाली मृत भेटिए

झण्डै दुई महिना अघिदेखि बेलायतमा हराइरहेका एक नेपाली युवा मृत फेला परेका छन् । बेलायतको डर्बीस्थित नरम्यान्टनमा बाबुआमासँग बसोबास गर्दै आइरहेका २० वर्षीय नदिश कुँवरको शब एक रेलवे पुलको मुनि खोलामा भेटिएको हो ।गत जनवरी ३१ तारिखमा सांझ नाइट आउटका लागि भन्दै घरबाट हिडेका नदिश पछिल्लोपटक त्यसरात डर्बीकै जुरी इन होटलमा साथीहरुसंग देखिएका थिए । nadishत्यसपछि वेपत्ता उनको खोजीमा लागेको युके प्रहरीको विशेष कार्यदलले शनिवार सांझ उनको शब फेला पारेको थियो ।

प्रहरीले त्यसलगत्तै नदिशका बाबुआमालाई खबर गरेको थियो । सोमबार मात्र त्यो शब नदिशकै भएको पुष्टि गरेको हो । तर नदिशको मृत्यु वा हत्या हो के भएको हो भन्ने विषयमा प्रहरीले केही बताएको छैन ।

नदिशको शब पोष्टमार्टका लागि अस्पतालमै राखिएको नदिशका बाबुसँगै काम गर्ने बसन्त थापाले जानकारी दिए । शवको पोष्टमार्टम केही दिनमै हुने जनाइएको छ ।

यसअघि उनीसंगै अध्ययनरत डर्बी कलेजका विद्यार्थीरुले पनि फेसबुक, ट्वीटर लगायतका सामाजिक संजालमा नदिशको खोजीमा अभियान नै चलाएका थिए ।

 

– See more at: http://www.onlinekhabar.com/2014/02/170352/#sthash.NCONb4N3.dpuf

Comment