Saturday , December 16 2017
Home / Australia / बेपत्ता विमान खेज्न नयां प्रविधि

बेपत्ता विमान खेज्न नयां प्रविधि

पर्थ/बेपत्ता मलेसियन विमानको खोजी गर्न आकास र दक्षिण हिन्द महासागरमा पानीभित्र पनि शुरू गरिएको छ । पश्चिम अस्ट्रेलियको पर्थ स्थित सैनिक शिविरलाई आधार बनाएर विमानको समुद्रभित्र खोजीका लागि दुई पनडुब्बी जहाज खटिएका छन् । “पिंगर लोकेटर” को सहयताबाट २४० किलोमिटर क्षेत्रमा विमानको डेटा रेकर्डरको खोजी कार्य शुरु भएको अष्ट्रेलियाली अधिकारीहरुले जनाएका छन् । अधिकारीहरुका अनुसार १४ विमान र नौ वटा विशेष जहाजहरु पनि विमानको खोजीमा जुटेका छन् ।406138-aded7a14-b84c-11e3-9580-78f49dffd642
८ मार्चमा २३९ यात्रु बोकेर क्वालालम्पुरबाट बेजिंगका लागि उडेको मलेशिया एयरलाइन्सको विमान वेपत्ता भएको थियो । उक्त विमान दक्षिण हिन्द महासागरमा दुर्घटनाग्रस्त भएको अनुमान गरिएको छ यद्दपी विमानको कुनै अवशेष वा चिन्ह अहिलेसम्म भेटिएको छैन । अष्ट्रेलियाको पर्थबाट खोज अभियानको समन्वय भइरहेको छ । अष्ट्रेलियाका प्रधानमन्त्री टोनी एबटले यो अहिलेसम्मकै सबैभन्दा कठिन खोजी अभियान भएको बताएका छन् । विमानको ब्ल्याक बक्समा जडित पिंगरले दुर्घटनाको ३० दिनसम्म अल्ट्रासोनिक ध्वनी उत्पन्न गर्छ । त्यसैले खोजकर्ताहरुका लागि अब केही दिनमात्रै बाँकी छ ।

Comment