Friday , December 15 2017
Home / Australia / बि्रसवेनको धरोहर नेपाली पेगोडा

बि्रसवेनको धरोहर नेपाली पेगोडा

रेक साँझ वि्रसवेनको मुटु साउथ बेंङ्कमा सयौ शहरबासी टहलिन निस्कन्छन् ।  बि्रसवेन नदी किनारमा अवस्थित यो ठाउँ स्थानिय मात्र होइन शहर घुम्न आउने पर्यटकका लागि पनि प्रमुख आकर्षणको थलो हो । यहाँबाट देखिने शहरको मनमोहक दृष्य त छादैछ नदीमा डुंगा, हाँस र बकुल्ला अनि किनारमा सुन्दर बगैचा । केही वर्ष देखि साउथ बैकमा एउटा नयाँ आकार्षण थपिएको छ । नेपालको पशुपतिनाथको झल्को दिने यो दुई तले पेगोडा शैलीको मन्दिरलाई दैनिक सयौले अवलोकन गर्छन् । मन्दिरमा कलात्मक आाखीझाल, काठका थाम, दलिन, ढोका र झ्यलहरु छन् । बि्रसवेन सहरले अहिले नगर क्षेत्र भित्रकै आकर्षक ल्याण्ड मार्कको रुपमा यो नेपाल शान्ति पेगोडालाई संरक्षण गरिरहेको छ ।  पेगोडाको प्रवेश द्धारमा दुईवट सिंहहरु छन् भने मुख्य मन्दिरको दयाँ बायाँ तिन तले पेगोडा शैलीकै दुइवटा मन्दिरहरु छन् । नेपाली शान्ति पेगोडा नाम दिइएको यो स्थान बि्रसवेन शहरको भिडभाड र कोलाहलबाट निसासिएकाहरुको पहिलो रोजाइको गन्तब्य हुने गरेको छ ।

यो पेगोडा शैलीको स्मारक हिन्दु मन्दिर जस्तो देखिएपनि मन्दिर भित्र भने बुद्धको ध्यन गरिरहेको मूर्ती राखिएको छ । त्यसैले यो पेगोडालाई शान्ति पेगोडा भनिएको स्थानियको तर्क रहेको छ । हिन्दु र बौद्ध  दुबै धर्म तथा संस्कृति बिचको हार्मोनी देखाउन यसो गरिएको वि्रसवेन सिटी काउन्सिलले जनाएको छ । सथै परिशरमा लोकेश्रवर महादेवको मूर्तीपनि रहेको छ । बि्रसवेन बासी नेपालीहरु नेपालबाट आफन्त आउदा वा साथीभाईलाई शहर घुम्न लैजादा यो पेगोडामा पनि घुम्न लैजाने गर्छन् । चारैतिर गिर्जाघर भएको यो पश्चिमा संस्कृतिमा नेपाली पेगोडाले पूर्वीय र पश्चिमा दर्शन र सस्कृतिबीच सेतुको काम गरिरहेको छ ।

कसरी बन्यो नेपली पेगोडा ?

एक सय ७१ वर्ग मिटर क्षेत्रमा फैलिएको यो नेपाल पेभिलिओन आज भन्दा २५ वर्ष पहिले निर्माण भएको हो । सन् १९८८ मा बि्रसवेन शहरमा भएको वल्ड एक्सपो ८८ मा नेपालले यो सुन्दर पेगोडा शैलीको पशुपतिनाथ मन्दिर र अन्य कलाकृतिहरु उपहार स्वरुप छोडेको थियो । सम्पूर्ण काठले बनेको यो मन्दिर नेपालमा निमार्ण भएको हो । २ वर्ष समय लगाएर करिव १५० जना नेपाली कारिगडहरुले मन्दिर तयार गरेका थिए ।  वल्ड एक्सपो शुरु हुनु पूर्व दर्जनौ नेपाली कलाकारहरु बि्रसवेन आएर यो पेगोडा शैलिको मन्दिरलाई ठड्याएका थिए । बि्रसवेन शहरको सान बनेको यो मन्दिर हटाउन सरकारले निकै पहल गरेपनि स्थानियको विरोधका कारण सरकारी योजना तुहिएको थियो । त्यो समयमा स्थायिनहरुले पेगोडा बचाउ अभियान नै चलाएका थिए । बि्रसवेनका कला र संस्कृतिका पारखिहरुले एक एक डलर दान गरेका वल्ड एक्सपो भएको स्थानबाट यो पेगाडालाई स्थानान्तरण गरी अहिलेको स्थानमा राखेका हुन् । त्यो समयमा पेगोडा बचाउ अभियान ले राज्यको स्थानिय राजनीतिमा समेत चर्चा पाएको थियो । सटीका मेयरको चुनावी मुद्दा समेत नेपाली पेगोडा बनेको थियो ।

पाँच वर्ष अघि सन् २००८ मा वल्ड एक्सपोको २० औ बाषिर्क उत्सवको अवसर पारेर पेगोडाका साथी भन्ने संस्था दर्ता भएको छ । यसले बि्रसवेनका एशियाली संस्कृतिको संरक्षण सागै पेगोडा क्षेत्रमा साप्ताहिक रुपमा विभिन्न कार्यक्रमहरु गरिरहेको छ । हरेक आइतवार १० देखि २ बजे सम्म पेगोडाका साथीहरु मन्दिरमा भेला हुन्छन् । वल्ड एक्सपोको फोटोहरु पेगोडा तथा एशियाली संस्कृतिका बारेमा आगन्तुकलाई बुझाउछन् । कार्यक्रमा सहभागिलाई नेपाली मिठाइ र चिया बााड्ने चलन अझै पनि छ । साथै नेपालको ग्रमिण भेगमा शिक्षा, स्वास्थ्य र जिवनयापनमा सहयोग गर्ने अर्थ संकलन पनि हुने गरेको छ । अहिले पेगोडाका साथी र बि्रसवेन सिटी काउन्सिलले यो पेगोडाको नियमाति हेरचाह गरिरहेका छन् ।

 

Comment