सिड्नी/ नेप्लिज अस्ट्रेलियन युथ एसोसियसन -नया) ले आयोजना गरेको एक दिने बास्केटबल प्रतिगितामा बि्रज ब्रजर्स पहिलो भएको छ । आइतवार म्यारिकभिलको पिसिवाइसी क्लवमा भएको यो प्रतियोगितामा बि्रज ब्रजर्सले वारियरलाई हराएर पहिलो स्थान सुरक्षित गरेको हो । आइ थि्र, नया, रेन्जर्स, रकडे ड्रागन्स गरि ६ वटा स्थानिय बास्केटबल टिम यो प्रतियोगितामा सहभागि भएको कार्यक्रम संयोजक सुमन बोहोराले नेपाली पत्रलाई बताए ।
फोरे नेसन नेपलिज युथ बास्केटबल टुनामोन नाम दिईएको यो प्रतियोगिताका प्रमुख अथिति न्यु साउथ वेल्सका लागि नेपाली महाबाणिज्यदुत दिपक खड्काले विजयि खेलाडी र टिमलाई पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा खेलाडीहरुलाई कप, पदक र मेडल वितराण गरिएको थियो । खेलकुद मार्फत युवा पुस्तामा रचनात्मक र सहयोगि भावना बिकास गर्न यो प्रतियोगिताको आयोजना गरिएको नयााका अध्यक्ष कोमालराज पाठकको भनाई रहेको थियो ।