Saturday , December 16 2017
Home / Featured News / बारीको कान्लो — एउटा पृथक गीत

बारीको कान्लो — एउटा पृथक गीत

देशको सिमाना र समष्ट देशको स्वाभिान मिचिँदा को विम्वलाई केही बर्ष अगाडि कवितामा उतारेका थिए कवि निष्प्रभ सजीले । कविताको शिर्षक थियो सिमानामा देश । उक्त कविता बाहिर निस्किएपछि, गायक दिपक घिमिरेले उक्त कवितालाई गीतमा रुपान्तरण गरिदिन आग्रह गरे निष्प्रभ सजी सँग, अनि जन्मियो एउटा पृथक गीत — बारीको कान्लो । शुरुमा गायक घिमिरेको एकल स्वरमा रेकर्ड गरिने भनिएको भएपनि न्ह्यू बज्राचार्यले संगीत दिइसकेपछि गीतले सामुहिक स्वर पायो । गीतको प्रारम्भमा कवि स्वंमको स्वर पनि सुन्न पाइन्छ । गीतमा न्ह्यू बज्राचर्य, दिपक घिमिरे, बिष्णु चेमजोङ, सनुप पौडेल, हेमन्त राणा, सन्तोष लामा र  बिश्व नेपाली ले सामुहिक रुपमा स्वर दिएका छन् । गीतको भिडीयो भुषण दाहालले निर्देशन गरेका छन् । श्रोताहरुलाई उपलब्ध सहजरुपमा होस भनेर गीतको अडियो, निष्प्रभ सजीको दोस्रो एल्बम, नेपाली गजलहरूको संग्रह ईरा मा बोनस ट्रयाकको रुपमा संग्रहीत भएर बजारमा निस्किएको छ । इराभित्रका गजलहरु र बारीको कान्लो चाँडैनै आइट्युन्स्मा पनि राखिँदै छ । एल्मब र भिडियोको उत्पादन “निष्प्रभ सजी आर्टस् एण्ड एन्टरटेन्मेन्ट” ले गरेको छ । अष्ट्रेलियामा आल्प एन्टरटेनमेन्ट्स सँगको सहकार्यमा एल्बमको वितरण गरिँदैछ ।

Comment