Friday , December 15 2017
Home / Featured News / बाजुराका ८० प्रतिशत बालबालिकामा कुपोषण

बाजुराका ८० प्रतिशत बालबालिकामा कुपोषण

Nepalwebगरिबीको सूचकांकमा सबैभन्दा पछाडि रहेको बाजुराका विकट गाविसका ८० प्रतिशतसम्म बालबालिका कुपोषणबाट प्रभावित रहेको सर्वेक्षणले देखाएको छ । साप्पाटा गाविसमा ८० प्रतिशत बालबालिकामा कुपोषणका कारण पुड्कोपन पाइएको हो । साप्पाटा सदरमुकामदेखि दुई दिनको पैदलमा पर्ने विकट गाविस हो । यस गाविसका अधिकांश बासिन्दा खाद्यान्न अभाव झेलिरहेका छन् ।

kupo_20131223112020

पाण्डुसेन, कोल्टी, रुगिन र साप्पाटामा ६० तिशतभन्दा बढी लबालिकाको तौल श्यकताभन्दा कम भएको पाइएको छ । पुड्कोपनबाट सदरमुकाम मार्तडी, साप्पाटा, पाण्डुसेन, आटीचौर, बिच्छ्याँ, बुडीगंगा, दहकोट, जयबागेश्वरी, कोटलगायत गाविसका बालबालिका प्रभावित रहेको देखिएको हो । यी गाविसमा ५५ देखि ८० प्रतिशतसम्म कुपोषणको प्रभाव देखिएको छ । यस्तै दहकोट, रुगिन, मानाकोट, जुगाडालगायत गाविसका बालबालिकामा ख्याउटेपन बढ्ता पाइएको हो । यी गाविसमा २० देखि ३४ प्रतिशत गाविसका बालबालिका ख्याउटेपनबाट प्रभावित छन् । तीनवटै आधारको अनुपातमा भने ४७ प्रतिशत बालबालिका कुपोषणबाट प्रभावित रहेको हेलेन केलर इन्टरनेसनलअन्तर्गत सुआहाराका जिल्ला संयोजक लोकेन्द्र थापाले बताए ।

Malnourished_baby

हेलेन केलर इन्टरनेसनलअन्तर्गत आमा परियोजनाले जिल्लाका २७ वटै गाविसका दुई वर्षमुनिका बालबालिकामा आधारभूत सर्वेक्षण गरी प्रतिवेदन तयार गरेको हो । बालबालिकाको उमेर अनुपातको तौल, पुड्कोपन र ख्याउटेपनको अवस्थाका आधारमा गरिएको सर्वेक्षणले बाजुराका बालबालिकामा पोषणको अवस्था कमजोर सुआहाराका जिल्ला संयोजक थापाले बताए ।

दुई वर्षअघि डेमोग्राफिक तथा हेल्थ सर्वेक्षणमा भने देशभरका ४१ प्रतिशत बालबालिका कुपोषणबाट प्रभावित रहेको उल्लेख छ ।

पोषणयुक्त आहाराको अभाव, स्वास्थ्य उपचार, सरसफाइलगायत कारणले बालबालिका कुपोषित हुने जिल्ला जनस्वास्थ्य अधिकृत ज्ञानेन्द्र दवाडीले बताए । सोही सर्वेक्षणअनुसार ६० प्रतिशतभन्दा बढी बालबालिका जीवनजल र जिङ्क चक्की खान पाउँदैनन् । यस्तै मासु, अण्डालगायत आहार खाना पाउने बालबालिका दस प्रतिशतभन्दा न्यून देखिएका छन् । ‘बालबालिकाका लागि पोषणयुक्त आहार अभाव र अभिभावकमा सचेतनाको स्तर मुख्य समस्या देखिएका छन्,’ जिल्ला जनस्वास्थ्य अधिकृत दवाडीले बताए ।

Children_of_Nepal

बालबालिकाको कुपोषणको अवस्थालाई न्यूनीकरण गर्न यस जिल्लामा बहुक्षेत्रीय पोषण कार्यक्रम लागू हुने तयारी भएको जनस्वास्थ्य अधिकृत दवाडीले बताए । ‘हाल सुआहाराको समन्वयमा एकीकृत पोषण योजना लागू गरी काम गरिरहेका छौं,’ उनले भने । जिल्ला विकास समिति, कृषि कार्यालय, पशु, शिक्षा, खानेपानी र महिला विकास कार्यालय र सुआहाराले यस क्षेत्रमा संयुक्त रूपमा काम गरिरहेका दवाडीले बताए । स्रोत इकान्तिपुर अनलाइन 

Comment