Friday , December 15 2017
Home / Sports / बर्मुडा विरुद्ध नेपालको जित, दोस्रो चरणमा प्रवेस गर्ने झिनो आश

बर्मुडा विरुद्ध नेपालको जित, दोस्रो चरणमा प्रवेस गर्ने झिनो आश

283408_220988467953892_186818938037512_717321_4231558_nट्वान्टी ट्वान्टी विश्व कप क्रिकेटको छनोटमा नेपालले बर्मुडालाई २१ रनले पराजित गरेको छ । जितसंगै नेपाल अघिल्लो चरण प्रवेश गरेको छ । अघिल्लो चरणको शीर्ष चारमा परे विश्वकपका लागि छनोट हुने छ । १४९ रनको लक्ष्य पछ्याएको बर्मुडा १९ दशमलब २ ओभरमा सबै विकेट गुमाउँदै १२७ रनमा समेटिएपछि नेपाल २१ रनले विजयी भएको हो ।

यसअघि टस हारेर पहिले व्याटिङ गरेको नेपालले निर्धारित २० ओभर खेल्दै ८ विकेट गुमाउँदै एक सय ४८ रन जोडेको थियो । नेपालका लागि उपकप्तान ज्ञानेन्द्र खड्काले २ चौका र ६ छक्काको मदतमा सर्वाधिक ३९ रनको योगदान दिए । खकुरेलले ३५ बलको सामना गरेका ओप्नर ब्याट् सम्यान सुवास खुकुरेलले तीन चौकासहित ३५ रन जोडेका हुन् । यस्तै सागर पुनले दुई चौका र एक छक्का प्रहार गर्दै १९ रन जोड्दा प्रदीप एरीले २२ रनको योगदान दिए ।

यसैगरी विनोद भण्डारी १३ रन जोड्दा सरद भेष्वाकर र कप्तान पारस खड्काले समान ७-७ रनको योगदान दिए । यस्तै शक्ति गौचन र बसन्त रेग्मीले १-१ रनका योगदान दिए । अहिले बर्मुडाले जवाफी व्याटिङ गरिरहेको  छ । ताजा अवस्थामा बर्मुडाले  चार  ओभरको समाप्तिमा चार विकेट गुमाउँदै १६  रन जोडेको छ  ।

 

Comment