Monday , December 18 2017
Home / Australia / बक्तित्वकाला प्रतियोगिता सम्पन्न, आयुस्मा प्रथम (फोटो फिचर)

बक्तित्वकाला प्रतियोगिता सम्पन्न, आयुस्मा प्रथम (फोटो फिचर)

सिड्नी/नेपाली आदिवासी जनजाति मंच अस्ट्रेलियाको संयोजनमा २५ मे आईतवार सिड्नीको क्यान्टवरीमा भएको बक्तित्वकाला प्रतियोगितामा आयुस्मा सापकोटा प्रथम भएकी छन् । टेम्पे हाई स्कुलमा कक्षा ११ मा अध्ययनरत सापकोटाले “कसरी निस्पक्ष, मजबुत र घनिष्ट अस्ट्रेलियाको बहुसास्कृतिक समाज बानाउन सकिन्छ” भन्ने शिर्षकमा भएको यो प्रतियोगितामा शिक्षाको महत्वबारे आफ्ना तर्क राख्दै प्रथम भएकी हुन् । यस्तै देव किरण महर्जन दोस्रो र गृष्म तामाङ् तेस्रो भएको प्रतियोगिता संयोजक गंगा निमकुलले जानकारी दिए ।speech4
६६ प्रिन्सेस हाइवे क्यान्टवरीमा रहेको सिनियर सिटिजन सेन्टरमा भएको यो प्रतियोगितामा १६ वर्ष भन्दा माथिका १२ प्रतियोगिहरु सहभागि थिए । बिजयी प्रतियोगिहरुलाई स्थानिय एमपि रोवर्ट फुलोरोले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए । कम्युनिटी रिलेसन, क्यान्टवरी सिटी काउन्सिल, मेट्रो माइग्रेट रिसोर्स सेन्टर र सिडियो सँगको सहकार्यमा नेपाली आदिवासी जनजाति मंच अस्ट्रेलियाले यो कार्यक्रम आयोजना गरेको अध्यक्ष गणेश तामाङले जानकारी दिए । कार्यक्रममा सिड्नीमा रहेका नेपाली समुदायका प्रतिनिधिहरुको बाक्लो सहभागिता रहेको थियो । यो कार्यक्रमको संचालन चिनारी नेपालकी अध्यक्ष ऋचा धितालले गरेकी थिईन । तस्विर सौजन्य योगेन्द्र राई

speech210390949_10201803880287968_2859891056293514585_n

Comment