Thursday , December 14 2017
Home / Sports / बंगलादेशको विजयी सुरुवात; अफगानिस्तानलाई ९ विकेटले हरायो

बंगलादेशको विजयी सुरुवात; अफगानिस्तानलाई ९ विकेटले हरायो

ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा आयोजक बंगलादेशले अफगानिस्तानलाई ९ विकेटले हराएको छ । अफगानिस्तानले दिएको ७३ रनको लक्ष्य बंगलादेशले १२ ओभरमा १ विकेट गुमाएर भेट्टायो ।

बंगलादेशमा आइतबारदेखि सुरु भएको प्रतियोगिताको उदघाटन खेलमा अफगानिस्तान १७ ओभर १ बलमा ७२ रन बनाउँदै अलआउट भयो । बंगलादेशको कसिलो बलिङका सामु अफगानिस्तानका ब्याटस्मान खुलेर खेल्न सकेनन् ।

उसका लागि गुलबुदिन नइवले सर्वाधिक २१, सफिकउल्लाहले १६ र करिम सदिकले १० रन बनाउनु बाहेक अरुले दोहोरो अंकमा रन जोड्न सकेनन् । बंगलादेशका सकिब उल हसनले ३ विकेट लिए भने अब्दुर रजाकले २ विकेट लिए । जवाफी ब्याटिङ गरेको बंगलादेशले १२ ओभरमा १ विकेट गुमाउँदै ७८ रन बनायो ।

उसका लागि अनामुल हकले ४४ रन बनाए । यस्तै तमिम एकवालले २१ र सकिव अल हसनले १० रन बनाए ।

बलिङतर्फ अफगानिस्तानका समिउल्लाह शेनवारीले १ विकेट लिए ।

नेपाल बिरुद्ध हंगकंग लाइभ हेर्नुहोस 

Comment