Monday , December 18 2017
Home / Featured News / फोहोरको थुप्रो भित्र ९ मिलियन डलरको सम्पत्ति

फोहोरको थुप्रो भित्र ९ मिलियन डलरको सम्पत्ति

bitcoinआफुसंग भएको ९ मिलियन डलरको सम्पत्ति झुक्किएर फाल्ने कस्तो अभागी होला | यस्ता अभागी हुन् न्युपोर्ट, वेल्स निवासी जेम्स होवेल्स | उनले आफुसंग ७५०० बिटकोइन भएको हार्ड डिस्क झुक्किएर फालेका हुन् |

सन् २००९ मा जेम्सले ७५०० बिटकोइन खरिद गरेका थिए |त्यतिबेला बिटकोइनको मुल्य प्रति  डलर १३०९.०३ थियो | उनले जम्मा ६ डलरमा ७५०० बिटकोइन किनेका थिए | बिटकोइन विद्द्युतीय मुद्रा हो जुन पियर टु पियर नेटवर्कमा  आधारित रहेको हुन्छ | विभिन्न अनलाइन संस्थाहरुले बिटकोइनको कारोबारलाई मान्यता दिन थालेपछि भने यसको मूल्य उकालो लाग्न सुरु भएको हो |गत नोभेम्बरमा यसको मुल्य आकासिएर १२४२ डलर प्रति कोइन पुगेको थियो |यो बिटकोइनको गतसालको मुल्यभन्दा १००००% भन्दा पनि बढी हो |

कुनैबेला खासै मुल्य नभएको बिटकोइन जेम्स होवेल्सले आफ्नो ल्यापटपको हार्डडिस्कमा राखेर बिर्सेका थिए | सबै फाइलहरुको ब्याकअप सुरक्षित छ भन्ठानेर जेम्सले सफा गर्ने क्रममा आफ्नो ल्यापटपको हार्डडिस्क फोहोर फाल्ने ठाउँमा फाल्दिए |

james

जेम्स होवेल्स

जब बिटकोइन्सको मुल्य आकाशिन थाल्यो तब जेम्स झल्यास्स भए र आफुसंग भएको बिटकोइन्स केहि महिना अघि फालेको सम्झिए | त्यसपछि हार्डडिस्क भेटिने आसमा जेम्स स्थानीय काउन्सिल बुझ्न गए | उनले फोहोर फालिएको स्थान त पत्ता लगाए तर फुटबलको मैदान जत्रो डम्पिंग साइट बाट एउटा सानो हार्डडिस्क खोज्नु असम्भव प्राय थियो | ३-४ महिना अघि फालिएको फोहोर करिब ५ फिट गहिराइसम्म पुगेको हुन्छ |

जेम्सले अन्य संस्थाहरुलाई सम्पत्तिको ५०% दिने शर्तमा हार्डडिस्क खोज्ने प्रस्ताब पनि नगरेका हैनन् | तर त्यस्तो जोखिम लिन कोहि तयार भएनन् | फेरी हार्डडिस्क भेटीहालेमा पनि भारले थिचिएको हार्डडिस्क चल्नेमा शंका नै छ |

 

Comment