Tuesday , December 12 2017
Home / Featured News / फेसबुक, ट्वीटर र गुगलहरु बाट २० लाख अकाउन्टको चोरी

फेसबुक, ट्वीटर र गुगलहरु बाट २० लाख अकाउन्टको चोरी

icon-256x256_1_1बिशेष किसिमको मालवेयरले लगिन युजरनेम र पासवर्ड चोरी गरेका कारण विश्वभरबाट फेसबुक, ट्वीटर, गुगल, याहु तथा लिंकड् इन बाट करिब २० लाख अकाउन्टहरु ह्याक भएका छन् |

सेक्युरिटी संस्था ट्रस्टवेभले जनाए अनुसार ह्याकरहरुले बिगत केहि महिना देखि भिन्नै खाले पोनी म्लावेयर प्रयोग गरेर प्रयोगकर्ताको युजरनेम र पासवर्डको छोरि गरेका हुन् | फेसबुक, गुगल, ट्वीटर आदि प्रमुख वेबसाइटको प्रयोगकर्ता यसबाट प्रभावित भएतापनि चोरीको मुख्य कारण यी कम्पनीहरुको कमजोरी भने नरहेको ट्रस्टवेभका प्रवक्ता एबी रोसले बताए | व्यक्तिगत प्रयोगकर्ताको कम्प्युटरमा पोनी मालवेयर इन्स्टल भएपछि त्यस्तो कम्प्युटरबाट प्रयोगकर्ताको युजरनेम र पासवर्ड चोरी हुने गर्दछ |

पोनीले प्रयोगकर्ताको कम्प्युटरमा सुरक्षित युजरनेम र पासवर्ड चोरि गर्नुका साथै कुनै वेबसाइटमा लगिन गरेको बेलामा समेत प्रयोगकर्ताको वेब ब्राउजरबाट युजरनेम र पासवर्ड चोरी गर्ने गर्दछ | यो ह्याक कसले गरिरहेको छ भन्ने कुरो अहिले सम्म पत्ता लाउन नसकिएपनि पोनीले चोरिएको डाटा भने नेदरल्याण्ड स्थित सर्भरमा पठाएको छ | सो सर्भरबाट कुन साइट र कुन देश बढी प्रभावित भएको भन्ने कुराको यकिन जानकारी भने पाउन सकिएको छैन | ह्याकरहरुले विश्वभरनै निशाना बनाएपनि अमेरिका, जर्मनी, रुस, सिंगापुर यस ह्याकबाट प्रभावित भएको निश्चित भैसकेको छ |

चोरिएका युजरनेम र पासवर्ड मध्ये फेसबुकको ५७%, याहुको १०%, गुगलको ९% र ट्वीटर को ३ % रहेको छ | चोरिएका पासवर्डहरु प्राय कम्जोर प्रकृतिका रहेकाछन | ८ वटा भन्दा  अक्षरको र सादा अक्षर मात्र प्रयोग गरिएको पासवर्डहरु सजिलै चोरी हुने गर्दछन | ह्याकरहरुले चोरी भएको डाटा अहिलेसम्म अनलाइनमा प्रकाशित भने गरेका छैनन् | केहि प्रयोगकर्ताले फेसबुककै पासवर्ड इन्टरनेट बेंकिंगमा प्रयोग गर्ने भएकाले त्यस्ता प्रयोगकर्ता हरु बढी जोखिममा हुने गर्दछन |

ट्रस्टवेभले यस ह्याकले प्रभावित भएका कम्पनिहरुलाई चोरी सम्बन्धि जानकारी दिइसकेको बताएको छ |

Comment