Tuesday , December 12 2017
Home / Featured News / फेसबुकले ल्यायो डीसलाइक

फेसबुकले ल्यायो डीसलाइक

फेसबुक प्रयोगकर्ताहरुले बर्षौं देखि लाइक बटन जस्तै डीसलाइक बटन पनि माग्दै आएका छन् | अन्ततः फेसबुकले आफ्ना प्रयोगकर्ताहरुको इच्छा पुरा गर्ने भएको छ केहि हदसम्म भए पनि |

फेसबुकले ल्याएको डीसलाइक स्टिकर फेसबुकको स्टिकर स्टोरबाट निशुल्क डाउनलोड गरेर प्रयोग गर्न सकिनेछ | तर यसको प्रयोग भने मेसेजिंगमा मात्र सिमित हुनेछ | तपाइलाई तपाइको साथीले भनेको कुरा चित्त नबुझे डीसलाइक गर्न सक्नु हुनेछ |

यसको प्रयोग लाइक बटन जस्तै वाल पोस्ट, फोटो, भिडियो र स्टाटसमा गर्न भने मिल्ने छैन |

फेसबुकका इन्जिनियर बब बाल्डविनका अनुसार फेसबुकको लाइक बटन सकारात्मक सोच अभिव्यक्त गर्न सबैभन्दा सजिलो माध्यम हो तर डीसलाइकले नकारात्मक सोचको सन्चार गर्छ तसर्थ डीसलाइकले कुनै मुल्यवान महत्व राख्दैन |

Comment