Wednesday , September 19 2018
Home / Featured News / फुट्यो राप्रपा नेपाल

फुट्यो राप्रपा नेपाल

कमल थापा नेतृत्वको राप्रपा नेपालका २० केन्द्रीय सदस्यले पार्टी विभाजित भएको घोषणा गरेका छन्। ‘नेतृत्वले मतदाताको सम्मान गर्न नसकेको र यो पार्टीले राष्ट्रियता र प्रजातन्त्रलाई अगाडि बढाउन नसक्ने ठहर गरी’ छुट्टै पार्टी गठनका लागि निवेदन दर्ता गरेका छन्।

टंक ढकालको नेतृत्वमा गणेश शेरचन, रमेश श्रेष्ठ, घनेन्द्र सुब्वा, रुपसिह थापा, रामचन्द्र चर्तुवदी, प्रल्हाद शाह, दशरथ जोशी, वृशवहादुर महत, तीर्थप्रसाद श्रेष्ठ र रामकृष्ण आचार्य, गोविन्द खनिया, राजाराम श्रेष्ठ लगायतले पार्टी नयाँ खोल्न निवेदन दिएका हुन्।

नयाँ पार्टीको नाम ‘नेपाली राष्ट्रिय प्रजातन्त्र पार्टी’ प्रस्ताव गरिएको छ। माघ १९ पछि राजाको प्रत्यक्ष शासनकालका सञ्चार मन्त्री रहेका टंक ढकालको अध्यक्षतामा नयाँ पार्टी दर्ता गरिएको राप्रपा नेपालका सहमहामन्त्री राजाराम श्रेष्ठले बताए। राप्रपा नेपालबाट विधिवत् रूपमा अलग्गिएको बताउँदै सहमहामन्त्री श्रेष्ठले समानुपातिक सभासदका लागि आफ्नो छुट्टै सूचि दर्ता गराउने बताएका छन्।

राजाराम श्रेष्ठले भने, ‘पार्टी नेतृत्व मनोमानी ढंगले चलेको छ। मतदाताले देखाएको विश्वासको तुषारापात गरिएको छ।’

यसबारे २० जना केन्द्रीय सदस्यहरू निर्वाचन आयोग गएर निवेदनसमेत दर्ता गरेका छन्। आयोगका प्रवक्ता वीरबहादुर राईले केही व्यक्तिहरू छलफलका लागि आएको बताए। निर्वाचन आयुक्त दोलखबहादुर गुरूङ्ले अहिले पार्टी दर्ताको समय नभएकाले नयाँ पार्टी दर्ता गर्न नमिल्ने बताए।

राप्रपा नेपालले मंसिर ४ गते भएको संविधानसभाको निर्वाचनमा समानुपातिकतर्फ २४ सीट जितेको थियो।  राप्रपा नेपालमा समानुपातिक सभासदको नामका बारेमा विवाद थियो।

पार्टी फुटाएको भन्दै कमल थापाले गराए अपहरण

Comment