Tuesday , December 12 2017
Home / Australia / फिलिपिन्सद्धारा नेपाल पराजित (फोटो फिचर)

फिलिपिन्सद्धारा नेपाल पराजित (फोटो फिचर)

सिड्नीको दक्षिण क्यारिम्बामा नेपाल र फिलिपिन्स बिच आइतवार भएको फूटबल प्रतियोगिता नेपाल २-१ ले पराजित भएको छ । सिड्नीमा रहेका उत्कृष्ठनेपाली फूटबल खेलाडि र फिलिपिन्सका पनि उत्कृष्ट खेलाडिहरु बिच यो प्रतियोगिता भएको हो ।

प्रतियोगिता शुरु भएको ५ मिनेटमै नेपालका लागि आमोश नेवारले सान्तोना गोल गरेका थिए ।  अष्टेलिया नेपाल फूटबल एसोसियन र फिलिपिन्सको आजकाल क्लबको संयुक्त आयोजनामा द ब्यटल फर द टाइटल प्रतियोगिता भएको हो । फिलिपिन्सका खेलाडि दोस्रो पुस्ताका र नियमित रुपमा तालिम लिएका भए पनि नेपाली खेलाडिले बललाई अधिकांस नियन्त्रणमा लिइका थिए । प्रतियोगितामा सहभागि खेलाडि छनोट र अन्य प्रशिक्षणका लागि सेन्ट जर्ज माइग्रेन्ट रिसोर्स सेन्टर र रेड इलफेन्टलेे आर्थिक तथा अन्य सहयोग गरिरहेका छन् । नेपाली खेलाडिहरुले अष्टेलियन कोचबाट आवश्यक प्रशिक्षण लिइका थिए ।

नेपाल फूटबल एसोसियनका अध्यक्ष विश्व नरसिंहराणले सिमापारी डटकमलाई बताए अनुसार आज बालबालियका युवा र प्रौढहरु विचमा पनि खेल भएका थिए । चांडै नै नेपाली दक्षिण एसियाका देशका खेलाडिहरुबीचका बृहत फूटबल प्रतियोगिता गर्ने योजना रहेका राणाको भनाई रहेको थियो । नेपाली युवाहरुको बाक्लो बसोवास रहेका अष्ट्रेलियामा फूटबल रुचीको खेल हो ।

Comment