Monday , December 18 2017
Home / Featured News / फर्मुला वानका विश्व विजेता सुमेकर हिउंमा चिप्लिएर गम्भिर घाइते

फर्मुला वानका विश्व विजेता सुमेकर हिउंमा चिप्लिएर गम्भिर घाइते

फर्मुला वानका कीर्तिमानी खेलाडी माइकल सुमेकर गत आइतबार फ्रेन्च एल्प्स हिमालमा आइस स्की खेल्ने क्रममा दुर्घटनामा परी घाइते भएका चार दिन बितिसक्दा पनि अचेत अवस्थामा रहेको उनको उपचारमा संलग्न फ्रान्सको ग्रेनबेलस्थित अस्पतालका चिकित्सकहरूले जानकारी गराएका छन्।schumacher-on-skis-556x371

चिकित्सकहरूका अनुसार स्की खेल्ने क्रममा उनको टाउको ढुंगामा बजारिँदा मस्तिष्कमा गम्भीर चोट लागेका कारण कोमामा पुगेको बताएका छन्। अस्पताल सूत्रका अनुसार सुमेकरको स्थिति अत्यन्त नाजुक रहेको जनाइएको छ। ग्रेनबेलस्थित युनिभर्सिटी अस्पतालका आईसीयू युनिटका प्रमुख जिन फ्रान्काइसका अनुसार बितेको चार दिनभित्र उनको मस्तिष्कको थुप्रै पल्ट शल्यक्रिया गरिसकेको र अब उनको स्वास्थ्य सुधारका लागि केवल प्रतीक्षा मात्र गर्न सकिने बताउनुभयो। उनका अनुसार स्की खेल्ने क्रममा सुमेकरले हेलमेट लगाएका कारण मात्र अस्पतालको उपचार सम्भव भएको हो।

४४ वर्षीय फर्मुला वानका महान् खेलाडी माइकल सुमेकरले सन् १९९१ देखि आफ्नो खेल जीवनको प्रारम्भ गर्दै सात पल्ट फर्मुला वानका विश्व विजेताको उपाधि जितिसकेका छन्। उनले सन् २००४ मा अन्तिम पल्ट विश्व विजेताको उपाधि जित्दै संन्यास लिएका थिए तर संन्यास लिएको ६ वर्ष पनि नबित्दै पुनः उनी प्रतिस्पर्धामा उत्रेका थिए।sumekar1

पछिल्लो पटक उनी सन् २०१२ मा ब्राजिलमा सम्पन्न ग्रान्ड प्रिक्स प्रतिस्पर्धामा उत्रेका थिए। जसमा उनले सातौं स्थान प्राप्त गर्दै पुनः खेल जीवनबाट संन्यास लिएका थिए। उनले आफ्नो खेल जीवनबाट अहिलेसम्मकै सबैभन्दा बढी ९१ वटा उपाधि हात पार्दै तीन सयको हाराहारीमा ग्रान्ड प्रिक्सहरूमा प्रतिस्पर्धा गरिसकेका छन्।

Comment