Monday , December 18 2017
Home / Australia / प्रवासी मञ्चले रक्तदान गर्ने

प्रवासी मञ्चले रक्तदान गर्ने

प्रवासी नेपाली मञ्च अस्ट्रेलियाले यही मे १६ र १७ का दिन रक्तदान गर्ने भएको छ । नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन बिभाग प्रमुख जिवराज आश्रतिको स्मृति दिवसको पारेर यो कार्यक्रमहुन लागेको हो ।

सिडेनीको टाउनहलमा रहेको अस्ट्रेलियन रेडक्रसको ब्लड सेन्टर रक्तदानलागि बुक गरिएको छ । संस्थाका महासचिव केशव जोशीका अनुसार दुवै दिन गरेर करिव तिन दर्जन सिड्नीवासी नेपालीले रक्तदानकोलागि नाम दर्ता गरिसकेका छन् । प्रवासका नेपाली बिच एकता, भाइचारा र सद्भावका साथै आपत् विपत् पर्दा सहयोग गर्ने उद्देश्यले स्थापना भएको यो संस्थाले रक्तदान कार्यक्रमलाई आगामि वर्षहरुमा पनि निरन्तरता दिने भएको छ ।

blood donation

Comment