Friday , December 15 2017
Home / Australia / प्रवासी नेपाली मञ्चको दोस्रो अधिवेसन सम्पन्न; अध्यक्षमा डा श्रेष्ठ

प्रवासी नेपाली मञ्चको दोस्रो अधिवेसन सम्पन्न; अध्यक्षमा डा श्रेष्ठ

सिड्न/ प्रवासी नेपाली मञ्च (ओ एन एफ) अस्ट्रेलियाको दोस्रो अधिवेशनले डा विनोद श्रेष्ठलाई अध्यक्ष पदमा चयन गरेको छ । नेकपा एमालेको विदेश बिभाग प्रमुख भिम रावलको प्रमुख आतिथ्यतामा मार्चको १ र २ का दिन सिड्नीमा सम्पन्न अधिवेसनले तिन उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र सदस्यहरु रहेको नयां कार्यसमिति चयन गरेको हो । मतदान प्रक्रियाबाट छनोट भएका मंचका पदाधिकारीहरुमा प्रथम उपाध्यक्ष राम रानभाट मेलवर्न, द्धितिय उपाध्यक्ष रमेश पौडेल बि्रसवेन र तृतिय उपाध्यक्ष सन्तोश दाहाल सिड्नी रहेका छन् । यसैगरी केशव जोशी महासचिव, पवन आचार्य सचिव, राम प्रसाद घिमिरे कोषध्यक्ष र सदस्यहरुमा गोमा मैनाली, सागर प्रजापती, हरी लामिछाने, रमेश पाण्डे, राज कुमार केसी, मधु पन्थी, कृष्ण प्रसाद न्यौपाने, राजु गौचन र राजु उपाध्याय रहेको छन् । onf

आइतवार सिड्नीको रसियन क्लवमा सम्पन्न घोषण सभामा बोल्दै प्रमुख अथिति एमाले नेता भिम रावलले बर्तवान संविधानसभाले नेपाली समुदायका सबै वर्ग, क्षेत्र र जातजातिका माग संवोधन गर्ने गरी नयाा संविधान बाउने कुरामा ढुक्क हुन आग्रह गरेका थिए । मञ्चका पूर्व अध्यक्ष हरि लामिछानेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा अस्ट्रेलियाका लागि नेपाली राजदुत रुद्र कुमार नेपाल, भिक्टोरियाका लागि महाबाणिज्यदुत चन्द्र योञ्जन, गैर आवासियन नेपाली संघका संरक्षक इन्द्र वन, सचिव रान्जु थापा, प्रवक्ता मन केसी, ओशिनिया संयोजक विष्णु हमाल र अस्ष्ट्रेलिया अध्यक्ष महेन्द्र ओलीले नयां कार्यसमितिलाई कार्यकाल सफलताको लागि शुभकामना दिएका थिए । यस्तै अस्ट्रेलियामा सक्रिय नेपाली सामुदायिक संस्थाका प्रतिनिधिहरु जन सम्पकै समितिका अध्यक्ष सन्तोश सिटौला, जन प्रगतिशिल मंच अस्ट्रेलियामा महासचिव हिमलाल गैरे, संघिय समाजवादी पार्टीका अध्यक्ष गाणेश तामाङ्ले नयाा कार्यसमितिलाई बधाइ र शुभकामना दिएका थिए ।

यस्तै मञ्चका बरिष्ठ सल्लाहकार धर्मराज अधिकारी, प्रज्ञ डा जगदिश तिमल्सिना लगायत सिड्नीमा रहेका नेपाली समुदायका प्रतिनिधिहरुले अफ्नो मन्तब्य राखेका थिए । अधिवेशनमा एनडीएफको मेलवर्न, बि्रसवेन, पर्थ, डार्विन, एडिलेट र क्यानवेरा लगाएतका शहरबाट यस मञ्चका  प्रतिनिधि, समर्थक र सुभेच्छुक सहभागी भएका थिए ।
यसैविच नवा निर्वाचित अध्यक्ष डा श्रेष्ठले अस्ट्रेलियाका समुदायक संस्थाहरु साग सहकार्य गर्दै नेपाली समुदायको विकासमा सक्रिय हुने बताएका छन् । लोकतन्त्र, संघियता र सु शासन जस्ता विषयमा अस्ट्रेलियाको अनुभव नेपालका लागि उपयोगि हुने भएका यो क्षेत्रमा पनि काम गर्ने उनको भनाई रहेको थियो । साथै अस्ट्रेलिया र सम्पूर्ण प्रवासमा बस्ने नेपालीहरुलाई आपत् विपत् पर्दा परोपारी र कल्याणकारी कार्यक्रमहरु संचालन गरिने डा श्रेष्ठले सिमापारी डटकमलाई बताए ।1979557_531596730287969_1711302480_n

Comment