Monday , December 18 2017
Home / Nepal / प्रधानमन्त्री कोइरालाले भ्रमणभत्ता फिर्ता गरे

प्रधानमन्त्री कोइरालाले भ्रमणभत्ता फिर्ता गरे

प्रधानमन्त्री सुशील कोइरालाले बिम्स्टेक बैठकका लागि म्यानमारको भ्रमण गर्दा प्राप्त भएको भ्रमणभत्ता फिर्ता गरेका छन् । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक)मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै म्यान्मार भ्रमण गर्दा प्राप्त भ्रमणभत्ता प्रधानमन्त्री सुशील कोइरालाले फिर्ता गरेका छन् ।

बिम्स्टेकको तेस्रो शिखर सम्मेलनमा भाग लिनजाँदा प्रधानमन्त्री कोइरालाले नियमानुसार पाएको ६५० अमेरिकी डलर (करिब रु ६३ हजार ४२७) परराष्ट्र मन्त्रालयलाई ३० फागुनमा फिर्ता गरेका हुन् ।

प्रधानमन्त्रीले फिर्ता गरेको उक्त रकम राज्यकोषमा दाखिला गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री कोइराला २० फागुनमा म्यान्मारको राजधानी नेपिटमा सम्पन्न शिखर सम्मेलनमा भाग लिन सात सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ गएका थिए ।

Comment