Thursday , December 14 2017
Home / Featured News / प्रधानमन्त्रीको फोक्सोमा दाग

प्रधानमन्त्रीको फोक्सोमा दाग

प्रधानमन्त्री सुशील कोइरालाको स्वास्थ्यलाई लिएर विभिन्न टिकाटिप्पणी आएपछि मंगलबार उनको नीजि चिकित्सकले फोक्सोमा दाग देखिएको पुष्टि गरेका छन । तर, त्यस्तो दाग क्यान्सर हो या होइन भन्नेबारेमा भने उनले प्रष्ट पारेका छैनन् ।  चिकित्सकको टोलीले प्रधानमन्त्री कोइरालालाई  अनुकुल समय मिलाएर सुविधा सम्पन्न अस्पतालमा स्वास्थ्य जाँच गर्न सुझाएको छ ।

तीन हप्तादेखि प्रधाननमन्त्री कोइरालामा सुख्खा खोकी, ज्वरो आउने लक्षण देखिएको प्रधानमन्त्रीका निजि चिकित्सक करवीरनाथ योगीले विज्ञप्ती मार्फत मंगलबार सार्वजनिक गरेका हुन । योगीका अनुसार प्रधानमन्त्री कोइरालाको विदेश भ्रमणमा जानु अघि र पछि समेत स्वास्थ्य परिक्षण हुँदै आएको छ । कोइरालाले हालै भारत र चीनको भ्रमण गरेका थिए । पछिल्लोपटक चीन भ्रमणबाट फर्केको भोलीपल्ट कोइरालाको जेठ २४ गते योगीको नेतृत्वमा चिकित्सकको विज्ञ समूहले शिक्षण अस्पतालमा स्वास्थ्य परिक्षण गरेको थियो । परिक्षणको क्रममा सिटी स्क्यान गर्दा फोक्सोमा सानो दाग देखिएको र थप परिक्षण हुदै आएको चिकित्सक योगीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । प्रधानमन्त्रीको नीजि सचिवालय स्रोतका अनुसार फोक्सोमा देखिएको दाग क्यान्सरको लक्षण हुन सक्ने भन्दै सुविधासम्पन्न अस्प्तालमा उपचारका जान सुझाव दिएको हो ।

प्रेस विज्ञप्तीमा प्रधानमन्त्रीले पहिलेदेखि नै ब्रोङाइटिसको औषधीहरु नियमित सेवन गरिरहेको उल्लेख छ । प्रधानमन्त्री कोइरालाको यसअघि जिव्रोको क्यान्सरको न्यूयोर्क एभिन्युस्थित केटरिङ क्यान्सर सेन्टरमा शल्यक्रिया भएको थियो । जिव्रोका शल्यक्रिया पछि प्रधानमन्त्री कोइराला फलोअपका लागि बर्षेनी जाने गर्छन । ‘प्रधानमन्त्रीज्यूले असार महिनाको दोस्रो हप्ताभित्र नियमित परीक्षण गराउन उपयुक्त हुने सुझाव हामीले दिएका छौं  । गत बर्ष असार १३ मा नियमित परीक्षण गराएपछि कार्य व्यस्तताका कारण उहाँले बीचमा अनुगमन परीक्षणलाई निरन्तरता दिन सक्नु भएको छैन’ निजि चिकित्सक योगीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

निजि चिकित्सकले स्वास्थ्य जस्तो संवेदनशील विषयमा समाचार दिंदा सम्बन्धित व्यक्तिको गोपनीयताको हक र निजको चिकित्सकको व्यवसायिक धर्मलाई समेत ध्यानमा राखी समाचार प्रकाशित गर्न आग्रह समेत गरेका छन । प्रधानमन्त्री कार्यालयले राजनीतिक गतिरोध फुकाउन साथ प्रधानमन्त्री कोइराला स्वास्थ्य परिक्षणका लागि अमेरिका जाने बताएको छ । ‘संसदको गतिरोध, २६ सभासदो मनोनयन, बजेटको नीति तथा कार्यक्रम सार्वजनिक गरेपछि जाने तयारी छ’ प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो,’संसदको गतिरोध जारी रहेकाले कहिले जाने भन्ने तय हुन सकेको छैन ।’

- See more at: http://www.ekantipur.com/np/2071/2/28/full-story/390611.html#sthash.hFqBx0dH.dpuf

Comment