Monday , December 18 2017
Home / Nepal / प्रचण्ड सिराहमा विजयी

प्रचण्ड सिराहमा विजयी

Prachandaकाठमाडौको क्षेत्र नम्बर १० मा कांग्रेसका राजन केसीबाट पराजित भएका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल सिरहा ५ मा भने विजयी बनेका छन् ।
उनलाई एमाले उम्मेदवार लिला श्रेष्ठले अन्तिमसम्म कडा टक्कर दिए । दाहालले १४ हजार २ सय ४४ मत प्राप्त गरे । प्रतिद्धन्द्धी श्रेष्ठले १४ हजार ३ सय २३ मत पाए ।
दाहाललाई काठमाडौ १० मा १२ हजार ८ सय ५२ मत पाएका थिए ।

यसअघिको परिणाममा दाहाल काठमाडौ १० मा कांग्रेसका राजन केसीसँग पराजित भएका थिए ।
दाहालले काठमाडौमा १२ हजार ८ सय ५२ मत पाए । विजयी केसीले भने १३ हजार ६ सय १५ मत ल्याएका छन् ।

दाहालले जिते पनि विजयी प्रमाणपत्र लिन जाने नजानेबारे निश्चित छैन् ।

Comment