Friday , December 15 2017
Home / Featured News / पोप फ्रान्सिस बर्षको व्यक्ति

पोप फ्रान्सिस बर्षको व्यक्ति

an-Pope-20Francis-2C-20Time-20magazine-s-202013-20Person-20of-20the-20Year_20131212014807252855-300x0टाइम पत्रिकाले यस बर्ष पोप फ्रान्सिसलाई सन् २०१३ को  बर्ष व्यक्ति घोषणा गरेको छ |  टाइम्स पत्रिकाका अनुसार उनले यो नौ महिनामा चर्चमा सुधारको काम शुरु गर्नका साथै एउटा विवेकशील आवाजको पनि प्रतिनिधित्व गरेका छन् |

टाइम्सका अनुसार क्याथोलिक चर्चका धर्मगुरु पोपले २००० बर्ष पुरानो धार्मिक संस्था हेर्ने दृस्टीकोण छोटो समयमा नै आश्चर्यजनक रुपमा परिवर्तन गरिदिएका छन् |यो नौ महिनामा सम्पन्नता र गरिबी, निष्पक्षता र न्याय, पारदर्शिता, आधुनिकता, भूमण्डलीकरण, महिलाको भूमिका, विवाहको प्रकृति र शक्तिको आकांक्षा लगायतका बिषयको केन्द्रमा रहेर उनले सन्तुलित भूमिका निर्वाह गरेका छन् |

टाइम्स पत्रिकाले सन् १९२७ बाट बर्षको व्यक्ति घोषणा गर्न सुरु गरेको हो |

तामझाम नरुचाउने ७६ बर्षिय पोप फ्रान्सिस झन्डै १३०० बर्ष पछि गैर-युरोपियन समुदायबाट छानिएका पहिलो पोप हुन् | अर्जेन्टिनी मुलका पोप फ्रान्सिस ल्याटिन अमेरिकाबाट छानिने पहिलो पोप पनि हुन् |

टाइम बर्ष व्यक्तिका अर्का प्रतिष्पर्धी भने नेसनल सेक्युरिटी एजेन्सीका पुर्व कर्मचारी एडवार्ड स्नोडेन रहेका थिए | उनले बिदेसी राष्ट्र तथा कुटनीतिज्ञहरु माथि अमेरिकाले जासुसी गरिरहेको तथ्य सार्वजनिक गरेका थिए | उनलाई अमेरिकाले खोजि गरिरहेको भएपनि उनि अहिले रुसमा शरण लिएर बसेका छन् | त्यसैगरी समलिंगी अधिकार अभियानकर्ता एडिथ विन्डसर, टेक्सासका सिनेटर टेड क्रुज र सिरियाका राष्ट्रपति बषिर अल-अस्सद पनि टाइमको सुचिमा समावेश थिए |

Comment