Thursday , December 14 2017
Home / Australia / पोखरेललाई अस्ट्रेलियाको सर्वोच्च अदालतमा वहस गर्न मान्यता

पोखरेललाई अस्ट्रेलियाको सर्वोच्च अदालतमा वहस गर्न मान्यता

सुरेश रेग्मी

bharat 4

न्यु साउथ वेल्स राज्यको सर्वोच्च अदालतमा प्रधानन्यायधिश समक्ष सपथ पछि नेपाली समुदायका अग्रजसांग सामुहिक फोटो ।

सिड्नी/ अष्ट्रेलियाका एक सामाजिक अगुवा भरत पोख्रेलले  यहाँका नगण्य नेपलीले प्राप्त गरेको  अष्ट्रेलियन कानुनमा डिग्री हासिल गरेका छन् । पोख्रेल अघि डाक्टर समशेर  सिंह थापा र बुनु गौतमको नाम मात्र हालसम्म यहाँको कानुन अनुसार आधिकारिक अधिवक्ता रहेका नेपाली समुदयाको व्याक्तित्व सार्वजनिक भएको छ । पोख्रेलले  युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नीबाट कानुनमा स्नातकोत्तर गरेसँगै अव व्यावसायिक रुपमा अष्ट्रेलियाको एन एस डब्लु राज्यको सर्वोच्च अदालतसँगै अन्य कानुनी प्रक्रियामा आधिकारीक रुपमा वकालत गर्ने हैसियत राख्दछन् । पोख्रेलले अध्ययन पूरा गरेसँगै व्यावसायिक मान्यात सहितको मारोहमा सुभकामना दिन अष्ट्रेलियाका अगुवा नेपाली ईन्द्रा बन र एन एस डब्लुका महावाणिज्यदुत दिपक खड्का समेत  पुगेका थिए ।

 सन् २००८ मै अष्ट्रेलियाको न्यून सँख्यामा रहेको दक्ष जनशक्ति भित्र पर्ने  एकाउन्टिङमा समेत व्यावसायिक मान्याता प्राप्त सिपिए पोख्रेल यहाँको नेपाली समुदायमा भने नयाँ नाम होईन । उनी गैह्र आवासिय नेपाली सँघ एनआरएनए अष्ट्रेलियाका अघिल्लो कार्यकालका कोषाध्यक्ष र हालका सचिव हुन् ।  उनले पोख्रेल एण्ड एशोसिएट् नामको व्यावसायिक प्रतिष्ठानबाट एकाउन्टिङ र माईग्रेसन सल्लाह सम्बन्धि व्यावसाय पनि गर्दै  आएका छन् ।

अष्ट्रेलियाको प्राज्ञिक दक्षताको उच्च श्रेणीमा रहेको  सोलिसिटर अर्थात वकालत र एकाउण्टिङ दुबैमा मान्याता पाउने सम्भवत पोख्रेल पहिलो नेपालीमा पर्दछन् । एकाउन्टिङको स्नातकोत्तर तहसम्मको अध्ययन र कार्य अनुभवपछि मान्याता प्राप्त सिपिए भए पछि  सन् २००८को मार्चबाट  आफ्नै एकाउण्टिङ फर्म मार्फत व्यावसाय शूरु गरेका पोख्रेलले त्यास लगत्तै ६ महिनामा माईग्रेसन सम्बन्धि अध्ययन पूरागरी माईग्रेसन एजेन्ट समेत सञ्चालन गरेको  बताउँछन् ।

सन् १९९६मा अध्ययनकालागि अष्ट्रेलिया आएका पोख्रेलको कथा भने त्यासको एक दशक पछि अष्ट्रेलिया आउने नेपालीसँग पनि  मिल्दोजुल्दो छ । होल्म्स कलेजमा म्यानेजमेन्टको सामान्य कोर्ष गर्न अष्ट्रेलियाको सिड्नी आएका पोख्रेलले म्यानेजमेण्टलाई थाती राखेर यहाँको टेफ मार्फत एकाउण्टिङको डिप्लोमाबाट अध्यायन शूरु गरेका बताउँछन् ।

वि.सं. २०३३ साल असोज २५ गते नेपालको दोलखा,जखेमा जन्मीएका पोख्रेल अभिभावकसँगै १ वर्षपछि सर्लाही लालबन्दीमा बसाइँ सरेका थिए । त्यापछि फेरी आठ वर्षको हुँदा परिवारसँगै काठमाण्डु वसाईँ सरेका पोख्रेलले भानुभक्त मेमोरियल आवासिय मावि बाट  वि.सं. २०४९ सालमा एसएलसी प्रथम श्रेणीमा उत्तीर्ण गरेका थिए ।  त्यासपछि अभिभावकको  ईन्जीनियर बनाउने ईच्छा अनुसार काठमाण्डु युनिभर्सीटीबाट आईएस्सीको अध्ययन पूरा गरेपनि पोख्रेलले आफ्नै ईच्छा अनुसार ईन्जीनियरिङ अध्ययन नगरी अष्ट्रेलिया आएको बताउँछन् ।

पोख्रेलका अनुसार बाल्यकालदेखि नै  साहित्य उनलाई औधी मनपथ्र्यो । विद्यालय जीवनमा रेडियो नेपालको बाल कार्यक्रममा कविता सुनाउने गरेका पोख्रल अहिले पनि नेपाली साहित्यीक पुस्तक तथा रचनाहरु समय मिलेसम्म अध्ययन गर्ने बताउँछन्  । पोख्रेलका  पिता केदार पोख्रेल पनि नेपाली साहित्यमा उत्तिकै चासो राख्दछन् । अवकाशप्राप्त शिक्षक ,पोख्रेल पिता केदारले नेपाली व्याकरण सम्बन्धी पुस्तक, कथा ,कविता तथा लेख रचना प्रकाशन गरेका छन् । साहित्यको चासो राख्ने म र ईन्जीनियर बनाउन चाहनुहुने बुवा दुबैलाई अष्ट्रेलियाको व्यावहारिक शैलीले मोडिदियो पोख्रेलले सुनाए । पोख्रेल भन्छन् –”घरबाट त अष्ट्रेलिया नजाउ यहीँ ईन्जीनियरिङ पढ भन्नुभएको थियो तर साथीहरुको सल्लाह र आफ्नो पनि उत्सुकताले अष्टे्रलिया आएँ । “

सन् १९९६ मा अष्ट्रेलिया आउँदा नेपालीहरु भेट्न मुस्किल हुने र भेटिनेमध्ये पनि धेरै छात्रवृत्तिमा पढ्न आउनेको बाहुल्यता रहेका पोख्रेलको अनुभव छ । उनका अनुसार  आफूजस्ता पुरै फि तिरेर पढ्ने मध्यमबर्गका  नेपालीलाई काम नगरी पढाई खर्च धान्ने अवस्था नभएकाले सामान्य काम गर्दै अध्ययन खर्च जुटाउनु परेको थियो । तर एकाउण्टिङको अध्ययनसँगै यहाँ उक्त विषयमा दक्षता हासिलगरेकाहरुको माग धेरै रहेकाले पछि केही सहज पनि भएको पोख्रेको भनाई छ ।पोख्रेलले एकाउण्टिङ पढाई सँगै सिपिए मान्याता प्राप्त गर्न आवश्यक कार्य अनुभवकालागि अष्ट्रेलियाका उच्चस्तीरीय एकाउण्टिङ फर्ममा काम गरेको बताए ।

सन् २००८ पछि आफ्नै व्यावसाय शुरु गरेपछि आफूकहाँ ईमिग्रेसन सम्बन्धी सल्लाह लिन आउने नेपाली लगायत विदेशीहरुको समस्या र आफूले विगतमा भोगेको कठिनाईले   कानुनमा आफ्नो दक्षता बढाउन उत्प्रेरित गरेको पोख्रेलले सुनाए । सामाजिक सक्रियता ,पारिवारीक जीवन र व्यावसाय सञ्चालनको चापकावीच कसरी अर्को डिग्री लिन सफल हुनुभयो त ? भन्ने जिज्ञासाको उत्तरमा पोख्रेल भन्छन्-” काठमाण्डुमा आई एस्सी पढ्दा देखि अहिले सम्म नै मैले ५ घण्टा भन्दा बढि सुतेका रातहरु बिरलै होलान् , घरमा श्रीमती समिता काफ्लेको सहयोग र  व्यावसायमा भाई बिजयको लगावले पनि मलाई सामाजिक कामको सक्रियता र अध्ययनकोलागि उचित वातवरण मिल्यो ।”

  सन् २००२ मा बैवाहिक जीवन शूरु गरेका भरत र समिताका २ छोरा र १ छोरी छन् । पोख्रेलकी श्रीमती आफै पनि सिड्नीमा एकाउण्टिङ पेशाकी जागीरे हुन् ।पोख्रेल थप्छन्-” आफ्नो जागिरसँगसँगै र बच्चाहरुको हेर विचारमा उत्तिकै समय दिएर समिताले र भाई विजयले व्यावसायमा उचित रेखदेख गरेर यहाँको सक्रिय सामजिक कार्यकर्ता सँगै सयौ ठेली कानुनी पुस्तक अध्ययन र अनुसन्धान गर्ने अवसर जुटाईदिए । “

पोख्रेलले यहाँको कानुन अध्ययनका क्रममा तीन सय घण्टा भन्दा बढि आफ्नो सिनियर ट्रेनरको सहयोगमा विभिन्न मुद्दा- मामिलाको अनुसन्धान र वकालत पनि गरीसकेको बताए । उनका अनुसार कामदारको श्रम शोषण ,ईमिग्रेसन , पारिवारिक सम्बन्ध, घरजग्गा ,ड्राईभिङ लगायतका विविध मुद्दा-मामिलाको अध्ययन र वकालतमा  सहभागी भएका छन् ।पोख्रेलले आधिकारीक सोलिसिटरको मान्यताप्राप्त गरेपछि करिव ५० हजार भन्दा बढिको संख्यामा अष्ट्रेलियामा रहेका नेपालीको कानुनी समस्या समाधानकालागि आफ्नै समुदायका अधिवक्ता मार्फत वकालत गर्न थप सहज हुने आशा गरिएको छ ।Bharat pokhrel photo