Tuesday , December 12 2017
Home / Australia / पृथु बास्कोटाको घुडाको शल्यक्रिया बुधवार

पृथु बास्कोटाको घुडाको शल्यक्रिया बुधवार

सिड्नी, जेठ ३ शनिवार
नेपाली राष्ट्रिय क्रिकेटका अलराउण्डर पृथ्यु बास्कोटाको दाहिने घुुडाको शिल्यक्रिया आउने विहिवार अस्ट्रेलियाको सिड्नीमा हुने भएको छ । घुडाको लिगामेन्ट च्यातिएर घाइते भएका बास्कोटाको यही मे २१ बुधवार सिड्नीको दक्षिण पेनरिथमा रहेका नेपिन अस्पतालमा शल्यक्रिया हुन लागेको हो । सन् २०१३ को सेप्टेम्वर एकमा भएको एक अन्तराष्ट्रिय प्रतियोगिता खेल्दा गम्भिर विश्वकप घाइते भएका बास्कोटाको घाउ यो बर्ष न्युजिल्याणमा भएको विश्वकप छनोटमा पुन बल्झिएको थियो । नागरिकसँगको कुराकानीमा बास्कोटाले दिएको जानकारी अनुसार युगाण्डा सँगको खेलमा रन लिने क्रममा शरद भेस्वाकर सँग ठोकिएर घुडामा चोट लागेपछि उनी अहिले सम्म मैदानमा फर्किएका छैनन् । उपचारका लागि नेपाल भारत र अन्य मुलुकबाट पनि प्रस्ताव आएपनि अस्ट्रेलियामा यस्तो समस्याको राम्रो उपचार हुन्छ भनेर अस्ट्रेलिया आएको उनको भनाई रहेको छ ।

pirthu 1
निर्धारित समयमा शल्यक्रिया भयो र समस्य सहज रुपमा समाधान हुँदै गयो भने पनि उनी पुर्णरुपमा तन्दुरुस्त हुन कम्तिमा पनि चार महिना लग्नेछ । “राम्रो र सुविधा सम्पन्न ठाउँमा अएको छु र उपचार हुनेमा ढुक्क छु” बास्कोटा भन्छन् “ बंगलादेशको ढाकामा सम्पन्न विश्वकपमा सहभागि हुन नसकेकोमा भने खल्लो लागेको छ ।” क्रिकेट खेलाडिहरुको एउटै मात्र अभिलासा, वा खेल जीवनको लक्ष्य भनौ वा ऐतिहासिक क्षण क्रिकेट विश्वकममा चोटकै कारण उनी सहभागि हुन सकेनन् । तर पनि नेपाली टीम त्यो उचाइमा पुगेकोमा गर्व महसुुस भएको बास्कोटाले सुनाए । शल्यक्रियापछि पूर्ण रुपमा खेल्न लाएक भएर मैदानमा उत्रने अभिलासा उनमा छ । “फुटबल र क्रिकेटका विश्व प्रसिद्ध खेलाडिहरुले पनि यस्तो अप्रेसन गरेका हुन्छन् र नीको भएपछि पुन खेलमा फर्किएका छन् ।” बास्कोटाले भने “म अझ स्वस्थ र बलियो भएर मैदानमा फर्कने छु ।”

बास्कोटाको उपचारको लागि अहिले अस्ट्रेलियाका बिभिन्न स्थानहरुमा अर्थ संकलन कार्यक्रमहरु भैरहेका छन् । हेप्प पृथ्यु बास्कोटा अभियानले उपचारका लागि आवश्यक १५ हजार डलर मध्ये अधिकांस संकलन गरिसकेको बताईएको छ । सिड्नीका मनिस सुवेदी र ब्रिसवेनका बिपिन कार्कीले फेसबुक अभियानलाई चलायका छन् । सथै प्रवासी नेपाली मञ्च अस्ट्रेलियाले बास्कोटाको उपचार अबधिभर आवश्यक आबास, यातायात जस्ता लजिस्टिकको ब्यबस्था मिलाएको अध्यक्ष डा. विनोद श्रष्ठ बताए । उनी उपचारको अबधिभर एनआरएन आईसिसि सदस्य रमेश पाण्डेको घरमा रहने छन् । नेपाली राष्ट्रिय टिमका प्रशिक्षक पुबुदु दासानाएकेको सम्पर्कमा रहेका फिजिओथेरापिस्ट थिलिना मिथारानाले सर्जरीको ब्यबस्था मिलाएका हुन । थिलिना नेपाली अण्डर १९ वल्डकप टिमको फिजिओथेरापिस्ट रहिसकेका छन । साथै नेपाल क्रिकेट संघ क्यानले पनि उपचारको लागि आवश्यक केही रकम सहयोग गर्ने जनाएको छ ।

binod and prithu
नेपाली क्रिकेटका अलराउण्डर बास्कोटाको जन्म काठामाण्डौमा भएको हो । उनले ग्यालेक्सि पब्लिक स्कुलबाट एस एल सी गरेका थिए भने अहिले स्नातक तह अध्ययन गर्दै छन् । कक्ष एकमा पढ्दै गर्दा उनले पहिलोपटक क्रिकेटको ब्याट समाएका थिए । राम्रो खेल्ने भएकाले उनका आफन्तले बालुवाटार क्रिकेट क्लवमा उनलाई भर्ना गरिदिए । अध्ययन र खेलकुदलाई सँग सँगै अघि बढाएका पृथुको पहिलो अन्तिराष्ट्रिय क्रिकेट यात्रा सन् २००६ मा अण्डर १५ प्रतियोगिता हो जसमा उनी नेपाल टिमको क्यपटेन समेत थिए । अहिले सम्म उनले एक दर्जन भन्दा धेरै अन्तराष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् । परिवारको राम्रो सहयोग र हौसलाले खेलमा उर्जा थपेको उनको अनुभव रहेको छ ।

उनी अध्ययनलाई निरन्तरता दिन चाहन्छन् । जिन्दगिको ठूलो लक्ष्य नभए पनि असल मान्छे बन्ने र क्रिकेटलाई माया गर्न कहिलै नछोड्ने बस्कोटाले योजना बनाएका छन् । अस्ट्रेलियाका क्रिकेट खेलाडि र टीमको खरो समर्थक समेत रहेका बास्कोटा पुर्व कप्तान रिकि पण्टिङका फायन हुन् । पोन्टिङको खेल शैली निकै मनपराउछन् उनी र पोन्टिङलाई आदर्श खेलाडि पनि भन्छन् ।

Comment