Tuesday , December 12 2017
Home / Australia / पृथु बास्कोटाको उपचारार्थ सिड्नीमा मैत्रीपूर्ण क्रिकेट

पृथु बास्कोटाको उपचारार्थ सिड्नीमा मैत्रीपूर्ण क्रिकेट

सिड्नी/ नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर पृथु बास्कोटाको स्वास्थ्य उपचारको सहयागार्थ अष्ट्रेलियाको सिड्नीमा मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । गएको आइतवार सिड्नीको पश्चिम लिड्कममा रहेको वाइट पार्कमा प्रवासी नेपाली मञ्च, अस्ट्रेलिया र नेप्लिज क्रिकेट एशोसिएसन अष्ट्रेलिया (एनसिसिए)ले संयुक्त रुपमा उक्त ट्वान्टी– ट्वान्टी प्रतियोगिता आयोजना गरेका हुन् । नेप्लिज क्रिकेट एबोसिएसन अष्ट्रेलिया (एनसिसिए ११) र लुम्बिनी क्रिकेट क्लब बिच भएको यो मैत्रीपूर्ण खेलमा बास्कोटा पनि दर्शकको रुपमा मैदानमा उपस्थित भएका थिए । घुंडाको लिगामेन्ट च्यातिएका कारण सिड्नीको नेपियन अस्पतालमा उपचार गराइरहेका बास्केटाको दुई हप्ता अघि शल्यक्रिया भएको थियो । अहिले उनले साप्ताहिक रुपमा फिजीयोथेरापी गराईरहेका छन् । 10487494_10204145371494925_1123954964471104775_n
प्रवासी नेपाली मञ्च अस्ट्रेलियाले बास्कोटाको खाने बस्ने र अस्पताल लैजाने ल्याउने ब्यवस्था मिलाएको अध्यक्ष डा बिनोद श्रेष्ठले सिमापारी डटकमलाई बताए । यस्तै सिड्नीका मनिष सुवेदी र ब्रिसवेनका बिपिन कार्कीको अगुवाइमा वेबसाईट र फेसबुक मार्फत संसारभरका नेपालीहरुले सहयोग जुटाइरहेका छन् । शल्यक्रियापछि पूर्ण रुपमा खेल्न लायक भएर मैदानमा उत्रने अभिलासा उनमा छ। ‘फुटबल र क्रिकेटका विश्व प्रसिद्ध खेलाडीहरुले पनि यस्तो अप्रेसन गरेका हुन्छन् र निको भएपछि पुन खेलमा फर्किएका छन्’, बास्कोटाले भने, ‘म अझ स्वस्थ र बलियो भएर मैदानमा फर्कने छु।’ नेपाली क्रिकेटका अलराउण्डर बास्कोटाको जन्म काठामाण्डौमा भएको हो । उनले ग्यालेक्सि पब्लिक स्कुलबाट एस एल सी गरेका थिए भने अहिले स्नातक तह अध्ययन गर्दै छन् । कक्ष एकमा पढ्दै गर्दा उनले पहिलोपटक क्रिकेटको ब्याट समाएका थिए 10341877_664492610273277_7668891273836347806_n

राम्रो खेल्ने भएकाले उनका आफन्तले बालुवाटार क्रिकेट क्लवमा उनलाई भर्ना गरिदिए । अध्ययन र खेलकुदलाई सँग सँगै अघि बढाएका पृथुको पहिलो अन्तिराष्ट्रिय क्रिकेट यात्रा सन् २००६ मा अण्डर १५ प्रतियोगिता हो जसमा उनी नेपाल टिमको क्यपटेन समेत थिए । अहिले सम्म उनले एक दर्जन भन्दा धेरै अन्तराष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् । परिवारको राम्रो सहयोग र हौसलाले खेलमा उर्जा थपेको उनको अनुभव रहेको छ । उनी अध्ययनलाई निरन्तरता दिन चाहन्छन् । जिन्दगिको ठूलो लक्ष्य नभए पनि असल मान्छे बन्ने र क्रिकेटलाई माया गर्न कहिलै नछोड्ने बस्कोटाले योजना भनाएका छन् । अस्ट्रेलियाका क्रिकेट खेलाडि र टीमको खरो समर्थक समेत रहेका बास्कोटा पुर्व कप्तान रिकि पण्टिङका फायन हुन् । पोन्टिङको खेल शैली निकै मनपराउछन् उनी र पोन्टिङलाई आदर्श खेलाडि पनि भन्छन् । 10508421_10152476210298955_1363038734_n

Comment