Monday , August 19 2019
Home / Australia / पृथुको सहयोगका लागि सिड्नीमा क्रिकेट प्रतियोगिता हुने

पृथुको सहयोगका लागि सिड्नीमा क्रिकेट प्रतियोगिता हुने

नेपाली क्रिकेट टोलीका अलराउण्डर पृथु वास्कोटाको स्वास्थ्य उपचारमा सहयोग गर्ने उद्देश्यले अर्थ संकलन गर्न मैत्रीपूर्ण खेल हुने भएको छ । नेप्लिज क्रिकेट एसोसियसन अस्ट्रेलिया र प्रवासि नेपाली मञ्च अस्ट्रेलियाको संयुक्त रुपमा यही २२ जुन आइतवार लिडकमको वाइट पार्कमा यो खेल आयोजना हुन लागेको हो । उक्त दिन एन ए सि सि ११ र लुम्बिनी क्रिकेट क्लवबीच मैत्रीपूर्ण खेल हुने अध्यक्ष अजय क्षेत्रीले सिमापारी डट कमलाई बताए ।

विहान १० देखि अपरान्ह ३ बजेसम्म चल्ने यो प्रतियोगिताको खेल मैदानमा पृथु वास्कोटा स्वयम उपस्थित भएर खेल हेर्नुको साथै सहयोगी सबैलाई धन्यवाद दिने प्रवासि नेपाली मञ्चका अध्यक्ष डा विनोद श्रेष्ठले बताए । घुडाको लिगामेन्ट च्यातिएर घाइते भएका बास्कोटाको अहिले सिड्नीमा उपचार भैरहेको छ । विश्वकप छनोट खेल खेल्नेक्रममा न्युजिल्याण्डमा भएको प्रतियोगितामा उनी गम्भिर गाइते भएका थिए ।Fund Raising Match Prithu

One comment

  1. Rabin Kumar Acharya

    प्रिथु को उपाचर् को लागि क्रीकेट काउन्सिल का भ्रस्टहरु लाई समाते भने बाहिर त्यसरी जानै पर्दैन ।

Comment