Saturday , December 16 2017
Home / Featured News / पूर्व लडाकु महासेनानीमा बढुवा

पूर्व लडाकु महासेनानीमा बढुवा

सरकारले नेपाली सेनाका उपसेनानी यमबहादुर अधिकारीलाई महासेनानीमा बढुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले माओवादी लडाकुबाट सेनामा समायोजन भएकामध्ये उपल्लो दर्जाका अधिकारीलाई प्रमुख सेनानी (लेफ्टीनेन्ट कर्णेल) बाट महासेनानी (कर्णेल) मा बढुवा गरेको सञ्चारमन्त्री माधवप्रसाद पौडेलले जानकारी दिए।former-maoist-guerillas-now-nepal-army-officers
एमाओवादीका पूर्व डिभिजन कमान्डर अधिकारीकै नेतृत्वमा सेना समायोजन भएको थियो। महासेनानीका लागि चाहिने सबै तालिम सेना समायोजनका बेला पूरा नगरेकाले उनलाई प्रमुख सेनानी पद दिइएको थियो। आवश्यक तालिम गरिसकेपछि पूर्वसहमतिअनुसार उनलाई महासेनानी अर्थात फुल कर्णेलमा बढुवा गरिएको हो।
अधिकारी हाल राष्ट्रिय विकास तथा सुरक्षा निर्देशनालयमा कार्यरत छन्। यस्तै, मन्त्रिपरिषद बैठकले सेनाका सहायक रथि रमिन्द्र क्षेत्रीलाई उपरथिमा बढुवा गरेको छ।

Comment