Tuesday , December 12 2017
Home / Nepal / पूर्वप्रधानन्यायाधीश विश्वनाथ उपाध्यायको निधन

पूर्वप्रधानन्यायाधीश विश्वनाथ उपाध्यायको निधन

पूर्वप्रधानन्यायाधीश विश्वनाथ उपाध्यायको विहीबार राति निधन भएको छ । उपाध्यायको ८४ वर्षको उमेरमा निधन भएको हो । मस्तिष्कमा रगत जमेपछि पाँचदिनदेखि उहाँको काठमाडौंको बाँसबारीमा रहेको न्यूरो अस्पतालमा उपचार भैरहेको थियो ।8946fa27e9d393e7a0060a6a403b54b6_L

पाँचदिन अघि परिवारसँग कुराकानी गर्ने क्रममा उहाँ बेहोस हुनु भएको थियो । चिकित्सिकले शल्यक्रिया गरेपनि उहाँको उपचार सफल हुन सकेन । उपचारका क्रममा गएराती १२ बजे उपाध्यायको निधन भएको अस्पतालले जनाएको छ । उपाध्याय २०४७ सालको संविधानको मस्यौदाकार समेत हुनुहुन्थ्यो ।

लामो समयदेखि उच्च रक्तचाप रहेका उपाध्यायको अमेरिकामा ३२ र १२ वर्षअघि दुईपटक ओपनहार्ट सर्जरी र एक वर्षअघि एन्जियोप्लास्टी गरिएको थियो। उपाध्यायका चार छोरामध्ये तीन अमेरिकामा बस्छन्। जसमा दुई चिकित्सक र एक इन्जिनियर छन्। उनी ज्ञानेश्वरस्थित घरमा जेठो छोरासँग बस्दै आएका छन्। जेठो छोरा पनि न्याय क्षेत्रमा अधिवक्ता छन्। अमेरिकामा रहेका तीनमध्ये एक छोरा नेपाल आइसकेका छन् भने दुई छोरा पनि आइतबार आइपुग्दैछन्।

उपाध्यायका चार दाजुभाइमध्ये केदारनाथ पूर्व प्रधानन्यायाधीश एवं मानवअधिकार आयोगका पूर्वअध्यक्ष हुन् भने कान्छा वैद्यनाथ सर्वोच्चका न्यायाधीश र साइँलो नरेन्द्र दाहाल सरकारी सेवामा छन्। २०११ सालमा लोकसेवा पास गरेर सरकारी सेवामा प्रवेश गरेका उपाध्याय न्याय क्षेत्रका इमानदार र आँटिला व्यक्तिका रुपमा चिनिन्छन्। उनी कानुन सचिव, कानुन आयोग हुँदै सर्वोच्च अदालतमा न्यायाधीश हुँदै प्रवेश गरेका थिए। २०४८ मा उनी प्रधानन्यायाधीश बनेका थिए। तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले विघटन गरेको संसद उपाध्यायको इजलास (भदौ १२, ०५२) बाट ब्युँतिएपछि उनी निकै चर्चित भएका थिए।

Comment