Sunday , November 19 2017
Home / Australia / पुष्कर शाहसंग सिड्नीमा अन्तरक्रिया (फोटो फिचर)

पुष्कर शाहसंग सिड्नीमा अन्तरक्रिया (फोटो फिचर)

सिड्नी/ अस्ट्रेलियाको यात्रामा रहेका विश्व साईकल यात्री पुश्कर शाहसंग सिड्नीका नेपालीहरुले अन्तरक्रिया गरेका छन् । यही १७ अगष्ट आईतवार रकडेलमा रहेको सेन्ट जर्ज माइग्रेसन सेन्टरमा विहान ११ बजे देखि करिव २ घण्टा शाहले विश्वयात्राका बारेमा भोगेका रोमान्चक विवरण सुनाएका थिए । प्रमुख अतिथि समेत रहेका न्यु साउथ वेल्सका लागि नेपाली महाबाणिज्यदुत दिपक खड्काले शाहले नेपाल र नेपालीलाई विश्वमा चिनाएको बिचार राखेका थिए ।puskar

शान्तिका लागि शाहले शुरु गरेको विश्व साईकल यात्रा आजपनि सान्दर्भिक रहेका खड्काको भनाई रहेको थियो । कार्यक्रममा बोल्दै एन आर एन संरक्षक इन्द्रा वनले पुष्कर शाह विश्व माझ नेपालीको दुत भएको भन्दै दोस्रो पटक अस्ट्रेलियामा शाहलाई स्वागत गर्न पाएकोमा खुशी ब्यक्त गरिन । कार्यक्रममा दोलखा निवासि केदार पोखरेलले शाहको बारेमा तयार पारिएको कविता प्रस्तुत गरेका थिए । 20140817_111226
दुई महिना अघि सिड्नी आएका शाहको यो दोस्रो अस्ट्रेलिया भ्रमण हो । उनले अस्ट्रेलियाका सबै राज्यको साइकलबाट यात्रा गरेका छन् । यात्रका क्रममा भेटेका नेपालीहरु सँग शाहले नेपालको दुर्गम हिमाली क्षेत्रको बिकास गर्न अघिसारिएको “ग्रेट हिमालयन ट्रेल” को बारेमा प्रस्तुति गरेका थिए । साइकल पर्यटन मार्फत ती क्षेत्रमा सामाजिक रुपमन्तरण गर्ने शाहको योजना रहेको छ । 20140817_111707
पुष्कर शाहको अस्ट्रेलियाको यात्रालाई सहयोग गर्दै आएका चिन्तन ढुंगेलका अनुसार उनको यात्रा अनुभव र परोपकारी परियोजनाबारे सिड्नीबासी नेपालीलाई जानकारी दिन यो कार्यक्रमको आयोजना गरिएको हो । आइतवार सिड्नीमा आयोजना भएको कार्यक्रममा नेपाली समुदायका अग्रजहरु र युवा पुस्ताको बाक्लो उपस्थिति रहेको थियो । puskar 220140817_112321

Comment