Friday , December 15 2017
Home / World / पुटिन विश्वको सबैभन्दा प्रभावशाली व्यक्ति

पुटिन विश्वको सबैभन्दा प्रभावशाली व्यक्ति

vladimir-putin

अमेरिकी राष्ट्रपति बाराक ओबामालाई पछि पार्दै रुसी राष्ट्रपति भ्लादिमीर पुटिन विश्वको सबैभन्दा प्रभावशाली व्यक्ति बनेका छन् । अमेरिकी पत्रिका फोर्ब्सको २०१३ का सूचीमा पुटिनले ओबामालाई पछि पारेका हुन् । ओबामा विश्वका प्रभावशाली व्यक्तिहरुको सूचीमा दोस्रो स्थानमा छन् । पछिल्लो ३ वर्षमा ओबामा पहिलो पटक फोर्ब्सको शक्तिशाली व्यक्तिहरुको सूचीमा पहिलो स्थानमा पर्न असफल भएका हुन् । फोर्ब्सका अनुसार ओबामाको पकड अमेरिकी राजनीतिमा अपेक्षाकृत रुपमा कम समयमा कमजोर भएको छ, जवकी रुसी राजनीतिमा पुटिनको दबदबा कायमै छ ।

पुटिन रुसी राजनीतिमा १२ वर्षदेखि दबदबा कायम राख्न सफल छन् । उनी २०१२ मार्चमा फेरि राष्ट्रपति चुनिएका थिए । पुटिनको उल्टो अमेरिकामा बजेट र ऋण संकटका कारण आएको आर्थिक मन्दीले ओबामाको स्थिति डामाडोल भएको फोर्ब्सले जनाएको छ ।

रुसले गत अगष्टमा अमेरिकी पूर्व गुप्तचर एडवर्ड स्नोडनलाई शरण दियो, जो अमेरिकी गोप्य सूचना चुहाएका कारण अमेरिकी खोजीमा छन् । सिरियामा जारी गृहयुद्धको असर अमेरिका र रुसको सम्वन्धमा पनि परेको छ । अमेरिका सिरियामाथि आक्रमणको तयारीमा रहेको बेला रुसले रासायनीतिक हतियार नष्ट गर्ने योजना ल्याएर सिरियामा सम्भावित आक्रमण रोक्न सफल भयो ।

चिनियाँ राष्ट्रपति शी जिनपिङ तेस्रो, पोप फ्रान्सिस चौथो र जर्मन चान्सलर एंगेला मर्केल पाँचौं स्थानमा छन् बिल गेट्स सूचीको छैटौं नम्बरमा छन् । भारतीय कांग्रेसका अध्यक्ष सोनिया गान्धी २० औं तथा भारतीय प्रधानमन्त्री मनमोहन सिंह २८ औं स्थानमा छन् । फेसबुकका संस्थापक मार्च जुकरबर्ग २४ औं स्थानमा पर्दा राष्ट्रसंघका महासचिव वान कि मुन फोर्ब्सको प्रभावशाली व्यक्तिको ३२ औं नम्बरमा परेका छन् ।उत्तर कारियाका नेता किम नोङ उन ४६ र जापानी प्रधानमन्त्री सिन्जो अवे ५७ औं स्थानमा छन् । लागू औषध कारोवारी वाकिन गजमेन प्रभावशाली व्यक्तिको सूचीका ६७ औं नम्बरमा परेका छन् ।

Comment