Wednesday , December 13 2017
Home / Featured News / पुजापाठपछि प्रधानमन्त्री बालुवाटारमा

पुजापाठपछि प्रधानमन्त्री बालुवाटारमा

प्रधानमन्त्रीको पदभार ग्रहण गरेको १० दिनपछि बिहीबार सुशील कोइराला सरकारी निवास बालुवाटार सरेका छन्।  नेपाल सेनाका ज्योतिषहरुले हिन्दु परम्पराअनुसार तिथि र नक्षत्र हेरेर तय गरेको शुभसाइतमा बिहीबार बिहान प्रधानमन्त्री कोइराला निजी निवास महाराजगन्जबाट बालुवाटार प्रवेश गरेका हुन्। 

resize_image

 नेपाली सेनाको भैरवनाथ गणमा कार्यरत पण्डितले बिहीबार बिहान १०:४० को शुभमुहुर्त निकालेका थिए। त्यही समयमा प्रधानमन्त्री कोइराला आफ्नो परिवारका सदस्य, निवासमा बस्ने सहकर्मी, आफूनिकट सभासद तथा केही कार्यकर्तासहित बालुवाटार पुगी विशेष पूजाआज गरेर निवास प्रबेश गरेका थिए।

Comment