Friday , December 15 2017
Home / Australia / पाल्पालीलाई अस्ट्रेलियाबाट आर्थिक सहयोग

पाल्पालीलाई अस्ट्रेलियाबाट आर्थिक सहयोग

दुबै मृगौला खराव भएर विरामी परेका पत्रकार तथा कवि बि के पाल्पालीको उपचारको लागि अस्ट्रेलियाबाट आर्थिक सहयोग भएको छ । अस्ट्रेलियामा सक्रिय पत्रकार तथा लेखकहरुले पाल्पालीको उपचारार्थ तिन लाख पचार हजार नेपाली रुपैया सहयोग गरेका हुन् । गएको बुधवार पाल्पालीको कोटेश्वर स्थित निवासमा पुगेर रेडियो नेपालामा कार्यरत पत्रकार रमेश पौडेलले पाल्पालीको श्रीमती रेणुका भट्टराईलाई सहयोग रकम हस्तान्तरण गरेका थिए ।

palpali 2
केही हप्ता अघिदेखि सामाजीक संजाल फेसबुक मार्फत अस्ट्रेलियाका लेखक र पत्रकारसँग सहयोगको आग्रह गरिएको थियो । सहयोग संकलनको संयोजन गरेका मेलवर्न स्थित पत्रकार पेशल लुइटेलले निकै खुशी हुँदै अभियानमा साथ दिने सबै प्रति अभार ब्यक्त गरेका छन् । पाल्पालीको उपचारको लागि अहिले देश बिदेशबाट सहयोग आउन शुरु भएको छ ।

दुबै मृगौलाले काम नगर्ने भएपछि पाल्पालीले भरत र नेपालका अस्पतालमा उपचार गरिइरहेका छन् । पाल्पाली राजधानीका र मोफसलका विभिन्न संचार माध्यममा संलग्न थिए । उनी नेपाल बोडर्र साप्ताहिकका प्रकासक तथा सम्पदक थिए ।

Comment