Monday , December 18 2017
Home / Featured News / पार्टी फुटाएको भन्दै कमल थापाले गराए अपहरण

पार्टी फुटाएको भन्दै कमल थापाले गराए अपहरण

राप्रपा नेपाल फूटाएको भन्दै एक केन्द्रिय सदस्यलाई राप्रपा नेपालका अध्यक्ष कमल थापाले अपहरण गराएका छन्। काठमाडौं ज्याठाको होटल प्यासिपिकमा रहेका नयाँ पार्टीका अध्यक्ष टंक ढकाल सहितका नेताहरु बसिरहेको ठाउँमा आफूलाई कमल थापाको मान्छे बताउने केहि व्यक्तिहरुले अभद्र व्यवहार गर्दै जुम्लाको टेकेन्द्र थापालाई अपहरण गरेर लगेको सँगै रहेका प्रदिप सुवेदीले जानकारी दिनुभएको छ।

कमल थापाका मान्छेहरुले विराटनगरका प्रल्हाद शाहलाई पनि जवर्जस्ती गाडीमा राखेर लान खोज्दा उनी भने उम्कन सफल भएको सुवेदीले जानकारी दिनुभयो। यसवेला होटलमा करिव २० जना राप्रपा नेपालका नेताहरु थिए। कमल थापाका मान्छेहरु बएर  धाकधम्की दिन थालेपछि होटलमा अहिले प्रहरी तैनाथी बढाइएको छ। होटलमा नयाँ पार्टी गठनका बारेमा छलफल हुन लागेको बेलामा कमल थापाका मान्छेहरुले होटलमा प्रवेश गरि अपहरण गरेका सुवेदीको भनाई छ|

फुट्यो राप्रपा नेपाल 

Comment