Monday , December 18 2017
Home / Featured News / पारस खड्का उत्कृष्ट एघारमा

पारस खड्का उत्कृष्ट एघारमा

पारस खड्का म्यान अफ द म्याच

पारस खड्का म्यान अफ द म्याच

क्रिकेटको सूचना तथा समाचारको लागि प्रसिद्ध वेबसाइट इएसपिएनक्रिकइन्फो ले छानेको उत्कृस्ट ११ खेलाडीमा पारस खड्का पनि समावेश भएका छन् | भर्खरै सम्पन्न भएको आइसीसी  ट्वान्टी २० विश्वकप छनौट प्रतियोगितामा गरिएको प्रदर्शनको आधारमा उत्कृष्ट ११ खेलाडी छानिएको हो |

पारसले डेनमार्क बिरुद्धको खेलमा ३४ बलमा ४८ रन बनाउनका साथै बलिंग तर्फ १ विकेट पनि लिएका थिए | केन्या बिरुद्धको खेलमा ३१ बलमा ५४ रन् बनाएका पारसले बलिंग तर्फ केन्याको १ विकेट लिन सफल भएका थिए | केन्याले दिएको १८३ रन पछ्याउने क्रममा पारसले शरदलाई अन्तिम सम्म साथ दिएका थिए |

स्कटल्याण्ड बिरुद्ध २४ बलमा २७ रन बनाएका पारसले नेदरल्याण्ड बिरुद्ध ५ रन मात्र बनाउन सके | त्यसैगरी पपुवा न्यु गिनी बिरुद्ध पारसले २६ रन बनाएर ३ विकेट लिन सफल भएका थिए | बर्मुडा र अफगानिस्तान सँगको लिग म्याचमा उनले ब्याटिंगतर्फ गतिलो प्रदर्शन गर्न नसकेपनि बलिंग तर्फ उत्कृष्ट प्रदर्शन गरेका थिए | हंगकंगसँगको खेलमा म्यान अफ द म्याच पारस खड्काले ४६ रन बनाएर १ विकेट लिन सफल भएका थिए |

पारस प्रतियोगितामा २ पटक म्यान अफ द म्याच घोषित भएका थिए | उनले प्रतियोगितामा २९ को औसतले कुल २३२ रन बनाएका थिए भने बलिंग तर्फ १८.१८ को औसतले ११ विकेट लिन सफल भएका  थिए |

इएसपिएनक्रिकइन्फोले छानेको उत्कृस्ट ११ खेलाडीको सुची यसप्रकार छ

  1. टोनी उरा, पपुवा न्यु गिनी  (३३६ रन )
  2. पल स्टर्लिंग, आयरल्याण्ड  (२९२ रन, ११ विकेट)
  3. म्याट म्यक्कन, स्कटल्याण्ड  (३६४ रन)
  4. वेसले बारेसी, नेदरल्याण्ड  (२६४ रन )
  5. पारस खड्का, नेपाल  (२३२ रन , ११ विकेट )
  6. खुर्रम खान, युएई  (२५५ रन, ९ विकेट )
  7. शमिउल्ला शेंवारी, अफगानिस्तान (८५ रन, १६ विकेट)
  8. मुनिर दार, हंगकंग (१७ विकेट)
  9. मुदस्सर बुखारी, नेदरल्याण्ड(१६ विकेट )
  10. म्याक सोरेन्सेन, आयरल्याण्ड (१४ विकेट)
  11. एहसान मल्लिक, नेदरल्याण्ड (२१ विकेट)

Comment