Thursday , December 14 2017
Home / Featured News / पहिलो अभ्यास खेलमा नेपाल बिजयी

पहिलो अभ्यास खेलमा नेपाल बिजयी

न्युजिल्याण्डको क्राइसचर्चमा आज क्यान्टर्बेरि सेलेक्सन ११ सँग भएको पहिलो अभ्यास खेलमा नेपाल ८ विकेटले बिजयी भएको छ । क्यान्टर्बेरिले पहिले ब्याटिंग गरेर अलआउट हुँदै ४९।३ ओबरमा २०४ रन बनाएको थियो । क्यानटर्बेरिलाई मध्यम स्कोरमा समेट्ने क्रममा सागर पुन र सोमपाल कामीले ४-४ विकेट लिन सफल भएका थिए भने बसन्त रेग्मीले २ विकेट झार्न सफल भएका थिए ।

1477614_1401705453410381_1188815163_n

क्यानटर्बेरिको लागि जेफ कसले सर्वाधिक ८८ रनको योगदान दिएका थिए । नेपालले जवाफमा सो लक्ष्य ३३।२ ओबरमा नै भेट्टाएको थियो । नेपालको लागि अनिल मण्डलले सर्वाधिक ९९ रनको योगदान दिए ।  उनको अविजित ९९ रनको पालीमा ९ चौका र ३ छक्का पनि सामेल थियो । ज्ञानेन्द्र मल्लले ५१ रन बनाएका थिए भने सुबाश खकुरेलले ३१ रन बनाएका थिए ।  पारस खड्का ५ रनमा अविजित रहे । क्यानटर्बेरिको तर्फबाट पेटरसन र किनले एक एक विकेट झार्न सफल भएका थिए । वर्षाका कारण यस अघि हुने भनिएको अभ्यास खेल हुन सकेको थिएन । फोटो सौजन्य राज महर्जन न्युजिल्याण्ड

नेपालको इनिंग्स333

क्यानटरबेरी सेलेक्सन ११को  इनिंग्स 222

तस्बिर सौजन्य – राजिब महर्जन, दिक्षा भुर्तेल

 

Comment