Sunday , November 19 2017
Home / Social / एनआरएनद्वारा पहिरो पीडितलाई सहयोग गर्न अपिल

एनआरएनद्वारा पहिरो पीडितलाई सहयोग गर्न अपिल

गैरआवासिय नेपाली संघ ९एनआरएन०ले सिन्धुपाल्चोको राम्चेमा सुनकोशी नदी थुनिँदा भएको मानविय लगायत सवै क्षतिप्रति गहिरो दुख व्यक्त गरेको
एनआरएनका तर्फवाट अध्यक्ष शेष घलेले जारी गरेको विज्ञप्तिमा भनिएको छ,’गत साउन १७ गते विहान सिन्धुपाल्चोकको राम्चेको इटिनी भिरमा गएको पहिरोले पुर्‍याएको ठूलो क्षतिको पूर्ण विवरण नआएता पनि अहिले सम्ममा दर्जनौं घर पुरिएको, दर्जनौ व्यक्ति घाइते तथा सयौं जना व्यक्ति वेपत्ता भएका र हाल सम्म ९ जना व्यक्तिको मृत्यु भएको समाचार प्राप्त भएकोमा गैरआवासीय नेपाली संघ गहिरो दुःख प्रकट गर्दछ ।’sunkoshi flood
एनआरएनले प्राकृतिक प्रकोपबाट दिवंगत भएका व्यक्तिहरुका परिवारजन प्रति हार्दिक समवेदना प्रकट गर्दै दिवगंत आत्माहरुको चीरशान्ति कामना, घाइतेहरुको शिघ्र स्वास्थ्य लाभ तथा बेपत्ता व्यक्तिहरुको सकुशलताको लागि कामना गरेको छ ।
बेपत्ता भएका तथा प्राकृतिक प्रकोपबाट प्रभावित भएका नागरिकहरुको चाँडो भन्दा चाँडो उद्धारको लागि नेपाल सरकारसंग गैरआवासीय नेपाली संघले आग्रह समेत गरेको छ ।
एनआरएनले भोटेकोशी नदी थुनिँदा भएका पीडितहरुको सहयोगको लागि विश्वभर फैलिएर रहेका गैरआवासीय नेपालीहरुलाई सहयोग गर्न अपिल गरेको छ ।

Comment