Tuesday , December 12 2017
Home / Featured News / पहिरोस्थलमा गृहमन्त्री गौतम

पहिरोस्थलमा गृहमन्त्री गौतम

शुक्रबार राति झरेको पहिरोले थुनिएपछि भएको क्षतिको स्थलगत अवलोकनका लागि गृहमन्त्री सिन्धुपाल्चोक सनुकोशी नदीमा पुगेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वागत गरेलगत्तै गृहमन्त्री गौतम हेलिकोप्टरबाट सिन्धुपाल्चोकको जुरेस्थित पहिरोस्थलमा पुगेका हुन् ।sunkoshi flood

गृहमन्त्री गौतमले लामोसाँघुस्थित सशस्त्र प्रहरीको बेसक्याम्पमा ओर्लेर घटनास्थलको अवलकोन गरिरहेका छन् । शुक्रबार राति झरेको पहिरोले सुनकोशी थुनिएर डुबान भएपछि पीडितहरुको उद्दार र बेपत्ताहरुको खोजतलासमा सुरक्षाकर्मीलाई समस्या भएको छ ।

पहिरोले थुनिएको नदीको पानी प्रति प्रतिघण्टा तीन सेन्टिमिटरका दरले घटिरहे पनि खतरा अझै कम नभएको सुरक्षकर्मीले जनाएका छन । नदीको पानी तत्काल घट्ने अवस्था नरहेकाले बेपत्ताहरुको खोजीमा समस्या हुन सशस्त्र प्रहरीको अँधेरीस्थित क्याम्पका डिएसपी मोहन गुरुङले बताए ।

 

Comment