Tuesday , December 12 2017
Home / Australia / पश्चिम अस्ट्रेलियामा नेपाली बााणिज्यदुतको कार्यालय स्थापना (फोटो फिचर)

पश्चिम अस्ट्रेलियामा नेपाली बााणिज्यदुतको कार्यालय स्थापना (फोटो फिचर)

दिक्पालदेव पंगेनी
पर्थ/पश्चिम अस्ट्रेलियाको पर्थमा नेपाली अबैतनिक बाणिज्यदुतको कार्यालयको स्थापना भएको छ । पाँच मे सोमवार अष्ट्रेलियाका लागि नेपाली राजदुत रुद्र कुमार नेपालले अबैतनिक बाणिज्यदुतको कार्यालयकको एक समरोह बिच उद्घाटन गरेका थिए ।

10322903_10152425334856450_1745055891_nपर्थ शहरको स्टिरिलिङ स्ट्रिटमा अबस्थित अष्ट्रेलिया एसियन असोसिएसनको भवनमा यो कार्यालय रहेको छ । पश्चिम अष्ट्रेलिया सरकारका प्रतिनिधि, स्थानिय राजनीतिक पार्टीका प्रतिनिधिहरु पनि सहभागी रहेको उक्त कार्यक्रममा राजदुत नेपालले बाणिज्यदुत फ्रेड ब्रराउनलाई बधाई दिदै पर्थमा बाणिज्यदुतको कार्यालय स्थापनाले पश्चिम अष्ट्रेलियामा नेपाललाई चिनाउने र यहाँ रहेको नेपाली समुदाय लाई पक्कै पनि सहयोग हुने विश्वास ब्यक्त गरेका थिए । कार्यालय उद्घाटन अघि आयोजित कार्यक्रममा नव नियुक्त बाणिज्यदुत ब्रउनले आफुलाई नेपाल सरकारले नेपाली समुदायको लागि काम गर्ने मौका दिएकोमा धन्यवाद ब्यक्त गर्दै नेपाल र नेपालीको हितका लागि आफुले निरन्तर काम गर्ने बताएका थिए । सोही अबसरमा नेपाली एसोसिएसन अफ वेष्टर्न अष्ट्रेलिया (नावा) का अध्यक्ष डा.बिष्णु देवकोटाले नेपाली समुदयको तर्फबाट सहभागि सबैलाई धन्यवाद ब्यक्त गरेका थिए ।खनिज पदार्थ र खानी उद्योगका कारण अस्ट्रेलियाको धनी प्रान्तको रुपमा चिनिने पश्चिम अस्ट्रेलियामा रोजगारी र अवसरका कारण नेपालीहरुको जनसंख्या पनि बढ्दै गएको छ ।

यसैबीच राजदुत नेपालले गएको आइतवार पर्थका नेपाली समुदायका प्रतिनिधिहरुसँग अन्तक्रिया गरेका छन् । नेपाली एसोसिएसन अफ वेष्टर्न अष्ट्रेलिया (नावा) र एन आर एन पश्चिम अष्ट्रेलियाले आयोजनामा भएको उक्त अन्तरक्रया कार्यक्रममा राजदूत नेपालले दुतावासले प्रदान गर्दै आएको सेवाका बारेमा प्रस्ट पार्दै भौगोलिक हिसाबले टाढा रहे पनि अन्य राज्यलाई जस्तै पश्चिम अष्ट्रेलियाको नेपाली समुदयलाई पनि उत्तिकै प्रथमिकताका साथ सेवा प्रदान गर्ने विश्वाश दिलाएका थिए  । साथै कार्यक्रममा राहदानी नविकरण र वितरण, एन आर एन परिचय पत्र, नेपालको कुटनैतीक सेवा र नेपालको बिकासमा दुताबासको भूमिका एवं दुताबासले दिदै आएको सेवा बारे सहभागीले उठाएका प्रश्नको राजदुत नेपालले जवाफ दिएका थिए ।10245323_700606483308318_4736157001334003515_n

नावाका अध्यक्ष डा. बिष्णुँ देबकोटाको अध्यक्षतमा सम्पन्न कार्यक्रममा एन आर एन आइ सि सि सदस्य भैरब ढकालले स्वागत मन्तब्य व्याक्त गर्दै नेपाली समुदयको छवी उच्च राख्न बाणिज्यदुत र दुतावाससँग सहकार्य गर्दै अघिबढ्ने विचार राखेका थिए । यस्तै नावा अध्यक्ष डा.देवकोटाले नेपाली राजदूत लाई पर्थमा स्वागत गर्न पाएकोमा खुशी ब्यक्त गर्दै पश्चिम अष्ट्रेलियाको नेपाली समुदायको तर्फबाट राजदुत नेपाललाई धन्यवाद दिएका थिए । अन्तक्रिया कार्यक्रममा नव नियुक्त बाणिज्यदुत फ्रेड ब्राउनको समेत उपस्थिती रहेको थियो । (फोटो स्रोतः नावा )

10320504_700607346641565_5020091262049500732_n

Comment