Monday , December 18 2017
Home / Australia / परोपकारी कार्यकालागि “वि टीम”ले साँगीतिक कार्यक्रमा गर्ने

परोपकारी कार्यकालागि “वि टीम”ले साँगीतिक कार्यक्रमा गर्ने

सिड्नीमा सक्रिय युवाहरुको समुह वि टिमले नेपालमा परोपकारी कार्यगर्न अर्थ संकलन कार्यक्रम गर्ने भएको छ । प्रतिबिम्ब नाम दिइएको सांगीतिक कार्यक्रम गरेर वि टीमले पोखरामा बन्दै गरेको बृदाआश्रमलाई सहयोग गर्न लागेको हो । टीमका प्रकास लामिछानेका अनुसार आगामी जुन २८ शनिवार सिड्नीको दक्षिण रकडेलमा रहेको थर्ड आई बार एण्ड विस्ट्रोमा उक्त सांगीतिक कार्यक्रम हुँदैछ । कार्यक्रममा स्थानिय कालकारहरु इश्वर पोखरेल, केन पी र कृतिषा गुरुङको प्रस्तुति रहने छ । पूर्णरुपमा परोपकारी लक्ष्य राखेर आयोजना हुन लागेका यो कार्यक्रमको टिकट शुल्क ५० डलर रहेको छ ।

459723_128374890692032_930167161_o (1)
वि टिम बिगत केहि समय अघिदेखि समुहका सदस्यहरु सँगजनही महिनाको दश डलर उठाउदै नेपालका केहि गरिब तथा जेहन्दार बिधार्थीहरुको पठन पठान छात्रबृती प्रदान गर्दै आएको थियो । लामिछानेका अनुसार झण्डै १५ वर्ष अघि सेवा शुरु भएको पोखरा बृदाश्रमलाई आधुनिक र सुविधा सम्पन्न गर्न रकम अभावले अफ्टेरो परेको बेला यो सहयोग जुटाउन लागिए को हो ।  यो परोपकारी कार्यममा सहभागि हुन ब्यक्तिहरुलाई सम्पर्क गनए सकिन्छ प्रकाश लामिछाने ०४५० ५८९ ५५०, प्रेम भुसाल ०४११ ७९७ ३५६ , मनोज अधिकारी ०४०६ ८३५ ९५६ pratimba

Comment