Monday , December 18 2017
Home / Australia / पपुवान्युगिनिमा नेपालीद्धारा आत्महत्या

पपुवान्युगिनिमा नेपालीद्धारा आत्महत्या

प्यासिफिक महासागरको टापुदेश पपुवान्युगिनिमा एक जना नेपालीले आत्महत्या गरेका छन् । राजधानी पोर्ट मस्फीमा बस्दै आएका ललितपुर लामाटारका सुजन पाठकले सिलिङ फ्यानमा पासो लगाएर बुधवार आत्महत्या गरेका हुन् । उनी विमानस्थल नजिकैको एयर वेज होटलमा  कार्यरत थिए । पोर्टमोस्फीबाट राज बहादुर शाहीले सीमापारी डटकमलाई दिएको जानकारी अनुसार बुधवार चाँडै काम सकेर पाठक कोठामा फर्किएका थिए । साँझ सम्म पनि ढोका नखुलेपछि ढोका फुटाउदा उनी सिलिङको फेनमा झुन्डिएको अवस्थामा फेला परेका थिए ।port-moresby-640x360

अहिले उनको शव पोष्ट मार्टमको लागि प्रहरीले लगेको छ । उनले श्रीमती, कार्यरत कम्पनी र नेपालमा रहेका आफन्तलाई बेग्ला बेग्लै पत्र (सुसाइड नोट) लेखेको र त्यसमा आत्महत्याको दोसी कोही नभएको उल्लेख गरेका छन् । अस्ट्रेलियाको क्यानवेरा स्थित नेपाली दुतावासले आत्महत्या गरेको पुष्टी गरेको छ । राजदुत रुद्र कुमार नेपालले दिएको जानकारी अनुसार शव नेपाल पठाउन पोर्ट मस्फीका नेपाली समुदायका प्रनिधिहरुसँग सम्पर्क भैरहेको छ । अहिले सबै तिर क्रिसमसका कारण विदा परेकाले सम्पर्क गर्न कठिन भैरहेको राजदुत नेपालले बताए ।
सिड्नीमा बस्दै आएका मृतकका आफन्तका अनुसार पाठक चार महिना अघि रोजगारिका लागि पपुवान्युगिनि आएका थिए । अहिले उनकी श्रीमती पनि पोर्ट मस्फीमा नै छिन् । यो शोको समयमा त्यहाँका नेपाली समुदायले उनलाई साथ दिइरहेका छन् ।
पपुवा न्युगिनिमा बैदेसिक रोजगारिका लागि नेपालीहरु आउने क्रम केही वर्षयता बढेको छ । यहाँका विभिन्न बहुराष्ट्रिय कम्पनी र राष्ट्र संघका निकायमा पनि नेपालीले काम गरिरहेका छन् ।

Comment