Saturday , December 16 2017
Home / Australia / पपुवान्युगिनिमा एनआरएनको ६९ औ शाखा विस्तार

पपुवान्युगिनिमा एनआरएनको ६९ औ शाखा विस्तार

पोर्ट मर्फी/ प्रसान्त माहासागरको टापु देश पपुवान्युगिनि(पिएनजी)मा गैर आवासिय नेपाली संघको शाखा विस्तार भएको छ । १० मे शनिवार पिएनजीको राजधानी पोर्ट मर्फीमा भएको भेलाले राज बहादुर शाहीको अध्यक्षतामा राष्ट्रिय कार्यसमिति गठन गरेको हो । कार्यसमितिका अन्य पदाधिकारीहरुमा धिरेन्द्र चौधरी उपाध्यक्ष, राजेन्द्र तिरुवा महासचिव, लाल थापामागर सचिव र चित्र गुरुङ कोषध्यक्ष रहेका छन् । यस्तै दिपेन्द्र पुरी जन सम्पर्क अधिकृत, बुद्धि गुरुङ युवा संयोजक, अनिता तिरुवा महिला संयोजक र यम गुरुङ आई सि सि सदस्य चुनियका छन् । कार्यसमिति सदस्यहरुमा राजु थापा, बाबु पाठक, कृष्ण कटुवाल, श्याम श्रेष्ठ,संजिव कुमार सिंह, देव बहादुर थापा र घनश्याम बस्नेत रहेको गैर आवासिय नेपाली संघ ओसिनिसया संयोजक बिष्णु हमालले सिमापारी डट कमलाई जनाकारी दिए ।PNG NRN photo 2
पोर्ट मोर्फिमा शनिवार आयोजित भेलामा गैर आवासिय नेपाली संघ आइ सि सिका संरक्षक इन्द्रा वन, सचिव रन्जु थापा, ओसिनिया संयोजक बिष्णु हमाल, आई सि सि सदस्य भैरव ढकाल र एन आर एन अस्ट्रेलियाका सचिव भरत पोखरेलको उपस्थिति रहेको थियो । कार्यक्रममा संरक्षक वनले एनआरएनको इतिहास, सचिव थापाले एनआरएनको सांगठनिक संरचना र भरत पोखरेलले एन आर एन अस्ट्रेलियाको अनुभव सुनाएका थिए । आइसिसि सदस्य भैरव ढकालले संचालन गरेको उक्त कार्यक्रममा क्षेत्रिय संयोजक हमालले नयाँ कार्यसमितिलाई सपथ गराउनुका साथै  बधाइ दिदै एनआरएन अभियानमा सक्रिय हुन र नेपाली समुदायको हितमा काम गर्न शुभकामना दिएका थिए ।

अस्ट्रेलियाको छिमेकी तथा प्रसान्त माहासागरको टापु देश पिएनजीमा करिव एक सय नेपालीको बसोवास रहेको छ । यहाँका बिभिन्न अन्तराष्ट्रिय दातृ तथा कुटनीतिक नियोगहरु र स्थानिय श्रम बजारमा नेपालीहरु कार्यरत छन् । अस्ट्रेलिया स्थित नेपाली आवासिय दुतावासले पपुवान्युगिनिलाई समेत हेर्ने गरेको छ । फोटो सौजन्य रन्जु थापा 

Comment