Tuesday , December 12 2017
Home / Featured News / पत्रकार महासंघमा विष्ट निर्वाचित, पूर्ण नतिजा सहित

पत्रकार महासंघमा विष्ट निर्वाचित, पूर्ण नतिजा सहित

नेपाल पत्रकार महासंघको राजधानीमा सम्पन्न २४औं महाधिवेशनले डा. महेन्द्र विष्टलाई अध्यक्षमा निर्वाचित गरेको छ। संयुक्त व्यावसायिक प्यानलको नेतृत्व गर्नुभएका विष्टले नेपाल प्रेस युनियनका उम्मेदवार पोषण केसीलाई ८० मतले पराजित गर्नुभएको हो। सम्पन्न निर्वाचनमा विष्टले ७ सय १४ मत पाउनुभएको थियो भने निकटतम प्रतिद्वन्द्वी केसीले ६ सय ४४ मत पाउनुभएको थियो। यसपटकको निर्वाचनमा प्रेस चौतारी नेपाल, क्रान्तिकारी पत्रकार संघ, प्रगतिशील पत्रकार संघ र क्रान्तिकारी पत्रकार महासंघबीच एकता भएको थियो। निर्वाचनमा अधिकांश पदमा संयुक्त व्यावसायिक प्यानल विजयी भएको छ।261249_2240237843857_740565_n

प्रेस युनियनको तर्फबाट समावेशी उपाध्यक्षमा अनिता विन्दु निर्वाचित हुनुभएको छ। अन्य पदाधिकारी पदमा संयुक्त प्यानलको तर्फबाट उपाध्यक्षमा खिलबहादुर भण्डारी, महासचिवमा उजिर मगर, सचिवमा खुलातर्फ प्रभात चलाउने, सचिव महिलामा संगीता खड्का, सचिव समावेशीमा धर्मेन्द्र कर्ण, सचिव एसोसिएटमा ध्रुव लम्साल र कोषाध्यक्षमा सूर्यमणि गौतम निर्वाचित हुनुभएको छ।

पदाधिकारीको निर्वाचनमा युनियनका उपाध्यक्षका उम्मेदवार रामजी दाहाल र सचिवका उम्मेदवार दिलिप थापा मगर थोरै मतले पराजित हुनु भएको थियो। संयुक्त ब्यावसायिक प्यानलतर्फकै पूर्वान्चलबाट गणेश पोखरेल, गणेश लम्साल, मध्यमान्चलबाट चिरन्जिवी मास्के, पश्चिमान्चलबाट हरिनारायण गौतम, रुद्र भट्ट, मध्यपश्चिमान्चलबाट झलक गैरे र अजयदिप शर्मा, सुदुरपश्चिमान्चलबाट खगेन्द्र पन्त र प्रकाशबिक्रम शाह, उपत्यकाबाट रामहरि सिलवाल र ईश्वरी वाग्ले प्रतिष्ठान शाखाबाट सुरज आर्चाय र रोशन पुरी निर्वाचित भएका छन।

त्यसैगरी लेखा समिति संयद्वोजकमा दीपक पाण्डे र सदस्यमा सुनिल दाहाल निर्वाचित भएका छ। संयुक्त ब्यावसायिक प्यानलबाट खुल्ला सदस्यमा रोहित दाहाल, शुष्मा पौडेल, राजु लामा, दीपेन्द्र कुवंर, महिला सदस्यमा निलिफा शुब्बा, पवन बर्षा शाह र सरिता ढकाल, जनजाती सदस्यमा लक्की चौधरी र मोहनसिंह लामा, दलितबाट किसान संगित नेपाली र कमल परियार अल्पसंख्यकबाट अब्दुल्लाह मियां तथा अपांगता क्षेत्रबाट भवानी ऐर, मधेशी कोटाबाट बेचु गौड र अजयकुमार मिश्र निर्वाचित भएका छन।

युनियनको तर्फबाट मध्यमान्चलका उम्मेदवार शितल महतोले बिजय हासिल गरेका छन्। त्यस्तै युनियनबाटै एसोसियट सदस्यमा प्रकाश तिमिल्सिना र प्रदिप न्योैपाने  बिजयी भएका छन्। त्यसैगरी युनियनको तर्फबाट खुल्ला सदस्यमा माधव दुलालले बिजयी हासिल गरेका छन।

Comment