Thursday , December 14 2017
Home / Australia / न्यु साउथ वेल्स पार्लियामेन्टमा कार बम आक्रमणको प्रयास

न्यु साउथ वेल्स पार्लियामेन्टमा कार बम आक्रमणको प्रयास

न्यु साउथ वेल्स राज्यको पार्लियामेन्टको मुल ढोका अगाडि रोकिएको सेतो रङको कारमा बम रहेको चालकले बताएपछि आज विहान झण्डै तिन घण्टा मार्टिनप्लेस क्षेत्रको वातावरण तनावपूर्ण बन्यो ।

Pic-pol-20131220141641945779-620x349

मर्टिन प्लेसको मकवारी स्ट्रिटमा रहेको न्यु साउथ वेल्स राज्यको पार्लियामेन्टमा नियमति काम कारवाहि शुरु हुनै लागेको बेला कार चालक र सँगै अएका अन्य सहकर्मीहरुको संकास्पद ब्यवाहारको आधारमा सुरक्षाकर्मीहरुले विशेष अप्रेसन चलाएका थिए । झण्डै २ घण्टाको प्रयासपछि प्रहरीले करको सिसा फुटाएर अभियुक्तलाई नियन्त्रणमा लिएको थियो । चलकाले आफुसँग पेट्रोल बम रहेको र प्रहरीले बल प्रयोग गरे आत्मघाति आक्रमण गरी न्यु साउथ वेल्स राज्यको पार्लियामेन्टको मुल ढोका अगाडि विष्फोट गर्ने धम्कि दिएका थिए । झण्डै ५० वर्षको देखिने कार चलकालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी प्रवक्ताका अनुसार उनी अहिले प्रहरीको नियन्त्रणमा रहेको र आजै स्वस्थ्य परिक्षण गराइने छ । घटना स्थलमा बम निस्क्रय पार्ने प्रहरी, भिड नियनत्रण गर्ने प्रहरी, एम्बुलेन्स र दमकल तैनाथ गरिएको थियो ।  Bb5AJOPIIAEnZ4-

यसैबिच न्यु साउथ वेल्स राज्यको पार्लियामेन्टमा नियमति काम कारवाहि संचालन  गर्न पुगेका प्रिमियर  बेरी ओ’ ओफेरल र अन्य कर्मचारिहरुलाई प्रहरीले सुरक्षित रहन आग्रह गरेको थियो । यो घटनाका कारण अस्तब्यस्त बन्न पुगेको टाफिक क्रमस समान्य हुँदै गएको प्रहरीले बताएको छ । art-bomb-20scare1-620x349

तस्विर सौजन्य सिड्नी मनिङ् हेराल्ड

थप समाचार यो लिंकमा छ ।

Comment