Tuesday , December 12 2017
Home / Featured News / नेल्सन मण्डेलाको निधन

नेल्सन मण्डेलाको निधन

दक्षिण अफ्रीकाका पुर्व राष्ट्रपति तथा रंगभेदी आन्दोलनका अगुवा नेल्सन मण्डेलाको आज ९५ बर्षको उमेरमा निधन भएको छ | दक्षिण अफ्रिकी राष्ट्रपति जेकब जुमाले पत्रकार सम्मेलनको आयोजना गर्दै उनको निधनले सारा रास्ट्र दुखि भएको र आज राष्ट्रले सबैभन्दा ठुलो सपुत गुमाएको भन्दै शोक व्यक्त गरे | नेल्सन मण्डेलाको राजकीय अन्त्येस्टिफरिने र उनको सम्मानमा राष्ट्रको झन्डा आधा झुकाइने पनि जनाए |

१८ जुलाई १९१८ मा जन्मेका मण्डेला दक्षिण अफ्रिकाको पहिलो अश्वेत राष्ट्रपति थिए | मण्डेलाले आफ्नो जीवनको २७ बर्ष कारागारमा बिताएका थिए | उनले “लंग वाक टु फ्रिडम”  पुस्तक लेखेका छन् |दक्षिण अफ्रीकामा रंगेभेदी नीतिको उन्मुलन पछि सन् १९९४ मा भएको आमचुनावमा उनको पार्टी अत्यधिक बहुमतका साथ् बिजयी भएको थियो  | सन् १९९४ देखि सन् १९९९ सम्म राष्ट्रपति भएका उनि १९९३ को नोबेल शान्ति पुरस्कारबाट पनि सम्मानित भएका थिए |

Comment